२०८३ साउन ८ शुक्रबार

धनुषा राजस्व कार्यालयद्वारा गत आवमा ६ अर्ब ६ करोड संकलन

ई आर्थिक    बुधबार, साउन ६ २०८३
1.1K
Shares
धनुषा राजस्व कार्यालयद्वारा गत आवमा ६ अर्ब ६ करोड संकलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुत आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन भएको हो।

आव २०८२/८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ २ अर्ब ५५ करोड सात लाख ३० हजार, आयकरतर्फ २ अर्ब ६ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ एक अर्ब २८ करोड ४० लाख ९९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै ब्याजकरतर्फ ७ करोड ७८ लाख तीन हजार, बहालकरतर्फ पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख गुप्ताले बताए।

कार्यालयले अघिल्लो आव २०८१/८२ मा ४ अर्ब ८८ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा चार अर्ब ९० करोड रूपैयाँ संकलन गरेको थियो। प्रमुख गुप्ताका अनुसार आव २०८२/८३ मा ६ अर्ब ८५ करोड ७२ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य थियो। सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार नौ सय ६८ करदाता रहेका छन्।

करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब १० करोड रूपैयाँभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij