२०८३ असोज १ बिहिबार

कुलमान घिसिङले गराए काठमाडौं–३ बाट उम्मेदवारी दर्ता

ई आर्थिक    मंगलबार, माघ ६ २०८२
1.4K
Shares
कुलमान घिसिङले गराए  काठमाडौं–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले  काठमाडौं–३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्।

घिसिङको उम्मेदवारी दर्तासँगै काठमाडौं–३ मा राजनीतिक गतिविधि थप सक्रिय बनेको छ। उनका समर्थक र कार्यकर्ताहरू चुनावी तयारीमा जुटेका छन् भने अन्य दलहरूले पनि रणनीति तयार पार्न थालेका छन्।

निर्वाचन आयोगमा दर्ता भइसकेपछि अब घिसिङ औपचारिक रूपमा चुनावी दौडमा रहेका उम्मेदवारमध्ये एक हुनेछन्।

काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश अर्याल, नेकपा एमालेका रामेश्वर फुयाल, रास्वपाबाट राजुनाथ पाण्डे लगायतका उम्मेदवार रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij