२०८३ साउन ९ शनिबार

बैंक तथा वित्तीय क्षेत्रहरुमा केन्द्रीय बैंकले ५ अर्ब ५५ करोड लगानी गर्ने

ई आर्थिक    सोमबार, पौस १४ २०८२
2.4K
Shares
बैंक तथा वित्तीय क्षेत्रहरुमा केन्द्रीय बैंकले ५ अर्ब ५५ करोड लगानी गर्ने

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न बजारमा ५ अर्ब ५५ करोड रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने छ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ८३ करोड २५ लाख रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २७ करोड ७५ लाख निक्षेप लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले पुस १७ गते ५ बजेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। मुद्दती निक्षेपमा  २०२६ जनवरी ०५ देखि २०२७ जनवरी ०५ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दियो ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij