२०८३ साउन ८ शुक्रबार

आन्तरिक राजस्व कार्यालय तुलसीपुरद्वारा ४ अर्ब ३० करोडभन्दा बढी राजस्व संकलन

ई आर्थिक    मंगलबार, साउन ५ २०८३
475
Shares
आन्तरिक राजस्व कार्यालय तुलसीपुरद्वारा ४ अर्ब ३० करोडभन्दा बढी राजस्व संकलन

दाङ ।  आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ३० करोड ६१ लाख १९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व संकलन भएको छ। कार्यालयले उक्त आवमा ५ अर्ब पाँच करोड ३३ लाख ६१ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य थियो।

संकलित राजस्वमध्ये आयकरतर्फ २ अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ १ अर्ब १८ लाख ६६ हजार, अन्तःशुल्कतर्फ ७७ करोड २६ लाख ९८ हजार र अन्यतर्फ १४ करोड ३४ लाख ५१ हजार रूपैयाँ छ। उक्त कर संकलन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत बढी हो।

करिब एक लाख करदाता भएको उक्त कार्यालय मातहत दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम रहेका छन्।

जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन, अन्य कागजात जलेर नष्ट भए पनि सेवा प्रवाह भने रोकिएको थिएन। केही समय तुलसीपुर उद्योग वाणिज्य संघको भवनबाट नागरिकको सेवामा जुटेको त्यस कार्यालयले केही समयदेखि त्रिसिद्देश्वर मन्दिरको धर्मशाला भाडामा लिई सेवा प्रवाह गरिरहेको छ।

करदाताको क्षमता अभिवृद्धि गर्नका लागि गत आवमा कार्यालयले विभिन्न १८ स्थानमा करसम्बधी सचेतना र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।

गत आवमा त्यस कार्यालयबाट चार हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २८ हजार ३८० ले व्यक्तिगत स्थायी लेखा नम्बर र चार हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र नवीकरण तथा दर्ता गरेको कर अधिकृत पुनले जानकारी दिए। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij