२०८३ साउन ९ शनिबार

सघन शहरी तथा भवन निर्माण आयोजनाद्वारा नौ ठेक्का तोड्ने तयारी

ई आर्थिक    बुधबार, कार्तिक १२ २०८२
3.3K
Shares
सघन शहरी तथा भवन निर्माण आयोजनाद्वारा नौ ठेक्का तोड्ने तयारी

ई-आर्थिक, काठमाडौं ।  नेपाल सरकारको शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग  मातहत रहेको सघन शहरी तथा भवन निर्माण आयोजना, धादिङले नौ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ।

आयोजनाले निर्माण कार्यमा दीर्घ ढिलाइ र असन्तोषजनक प्रगतिका कारण सम्बन्धित निर्माण व्यवसायीहरुलाई सात दिनभित्र **“ठेक्का किन नतोड्ने ?”** भन्ने सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

२०७९ कात्तिक १२ गते प्रकाशित सूचनामा आयोजनाले उल्लेख गरेको छ कि निर्माण व्यवसायीहरूले विभिन्न समयमा संशोधित कार्यतालिका र कार्य सम्पन्न गर्ने प्रतिबद्धता पेश गरे पनि सोअनुसार काम अघि नबढेको पाइएकाले पटक–पटक लिखित र मौखिक ताकेता गर्दा पनि प्रगति सन्तोषजनक नभएको पाइएको हो।

आयोजनाले चेतावनी दिँदै भनेको छ, “यदि निर्माण व्यवसायी स्वयं उपस्थित भई सात दिनभित्र स्पष्टीकरण पेश नगरेमा ठेक्का सम्झौताको शर्त अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।”

सूचना अनुसार धादिङ र रसुवा जिल्लामा रहेका नौ वटा ठेक्कामा कार्य सम्पन्न नहुँदा अब आयोजनाले ठेकेदारसँग अन्तिम स्पष्टीकरण मागेको हो।

आयोजनाका प्रमुखका अनुसार, निर्माण कार्यमा निरन्तर ढिलाइ हुँदा सार्वजनिक सेवा प्रभावित भएको र विकास आयोजनाहरू लामो समयदेखि अधुरै रहेको बताए।

“हामीले बारम्बार अवसर दिएर पनि काम अघि नबढेपछि अब ठेक्का तोड्ने तयारीमा छौं,” आयोजनाका एक वरिष्ठ इन्जिनियरले भने।

आयोजनाले सात दिनभित्र स्पष्टिकरण नआए ठेक्का रद्द गरेर कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij