२०८३ असोज ३ शनिबार

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

ई आर्थिक    आइतबार, साउन ३ २०८३
1.9K
Shares
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ ।  तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ।

उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो।

यसैगरी, नौ हजार ९५८ मिटर पक्की नाला, तीनवटा वडा कार्यालय भवन, एउटा स्वास्थ्य चौकी भवनको तला थप, एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को एउटा प्राथमिक विद्यालयको दुईकोठे भवन निर्माण भएको छ।

गत आवमा नै व्यवस्थित हाटबजार स्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij