२०८३ साउन ९ शनिबार

संघीय निजामती सेवा विधेयक पारित, कुलिङ पिरियड २ वर्ष, अवकाश ६० वर्ष कायम

ई आर्थिक    आइतबार, असार १५ २०८२
4.4K
Shares
संघीय निजामती सेवा विधेयक पारित,  कुलिङ पिरियड २ वर्ष, अवकाश ६० वर्ष कायम

ई-आर्थिक, काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।

आज बसेको  प्रतिनिधिसभाको बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

विधेयक पारित हुनभन्दा अधि प्रतिनिधिसभाका सांसदहरुले छलफल गरेका थिए ।

संघीय निजामती सेवा विधेयकमा कर्मचारीहरुको २ वर्ष कुलिङ पिरियड २ वर्ष तथा अवकास अवधि ५८ वर्षबाट बढाएर ६० वर्ष पुगेको छ ।

उक्त विधेयक राष्ट्रिय सभामा गएर पारित भए पछि ऐन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij