२०८३ साउन ९ शनिबार

धितोपत्र बोर्डले नेटवर्थ कम भएका १४ कम्पनीहरूलाई आईपीओको पाइपलाइनबाट हटायो

ई आर्थिक    मंगलबार, जेष्ठ ६ २०८२
5.1K
Shares
धितोपत्र बोर्डले नेटवर्थ कम भएका १४ कम्पनीहरूलाई आईपीओको पाइपलाइनबाट हटायो

ई-आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रति शेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीहरूलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पाइपलाइनबाट हटाएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको निर्णयअनुसार कुल १४ कम्पनीलाई आईपीओ स्वीकृति प्रक्रियाको सूची (पाइपलाइन) बाट हटाइएको हो।

हटाइएका कम्पनीहरूमध्ये १३ कम्पनीको नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको र एक कम्पनीको विद्युत् खरिद सम्झौता (पीपीए) को अवधी कम भएको बोर्डले जनाएको छ।

सार्वजनिक लेखा समितिको निर्देशनपछि सेवनले उक्त निर्णय कार्यान्वयन ल्याएको छ ।  यसअघि संघीय संसदको सार्वजनिक लेखा समितिले प्रति शेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ स्वीकृति नदिन निर्देशन दिएको थियो। सोही निर्देशनको पालना स्वरूप धितोपत्र बोर्डले सम्बन्धित कम्पनीहरूलाई पाइपलाइन सूचीबाट हटाएको हो।

बोर्डले हटाइएका कम्पनीहरूलाई भविष्यमा नेटवर्थ ९० रुपैयाँभन्दा माथि पुगेको प्रमाणसहित पुनः आईपीओ निष्कासनको लागि आवेदन दिन सकिने व्यवस्था खुला राखेको छ।

७७ कम्पनीको साढे ५२ अर्बको आईपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा अब ७७ रहेका छन् ।   यी कम्पनीले बोर्डको अनुमति पाएमा साढे ५२ अर्ब बराबरको आईपीओ जारी गर्नेछन्।

नेपाल धितोपत्र बोर्डका अनुसार प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनको पाइपलाइनमा रहेका कुल ७७ कम्पनीले ५२ अर्ब ५३ करोड ८५ लाख १३ हजार २३२ रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन् । ७७ कम्पनीले ३६ करोड ९२ लाख ९८ हजार ४०१ कित्ता शेयर बिक्री गर्ने तयारी गरेका हुन् । झण्डै एक दर्जन कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij