२०८३ साउन ९ शनिबार

नयाँ स्टक एक्स्चेन्ज : लाइसेन्स दिन सर्वोच्चले खोल्यो बाटो, कसले पाउँला ?

ई आर्थिक    शुक्रबार, चैत्र १५ २०८१
7K
Shares
नयाँ स्टक एक्स्चेन्ज : लाइसेन्स दिन सर्वोच्चले खोल्यो बाटो, कसले पाउँला ?

ई–आर्थिक, काठमाडौं । सर्वोच्च अदालतले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स वितरण गर्न बाटो खोलिदिए पछि लाइसेन्स लिने प्रक्रियामा रहेका कम्पनीले पुनः सक्रियता बढाएका छन् ।

नयाँ स्टक एक्स्चेन्ज लाइसेन्स वितरण रोक्न माग गर्दै कृष्णबहादुर थापाले गत पुसमा दायर गरेको रिट निवेदन सर्वोच्चले बुधबार खारेज गरिदिएसँगै निवेदन दिएका कम्पनीहरुले सक्रियता बढाएका हुन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संवैधानिक इजलासले खारेज गरिदिएको छ । यो रिट खारेज भएसँगै नेपाल धितोपत्र बोर्डलाई लाइसेन्स दिन बाटो खुलेको छ ।

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स लिनका लागि बोर्डमा ३ कम्पनीले आवेदन दिएका छन् । हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले लाइसेन्सका लागि आवेदन दिएका हुन् ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिनका लागि र नेप्सेको पुर्नसंरचनाका लागि कार्यायोजना बुझाउन गठित कार्यदललाई जिम्मा दिएको छ । कार्यदलले यसमा अध्ययन गरिरहेको बताइएको छ । नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने बोर्डको तयारीसँगै दर्ता गरिएका कम्पनीहरु आफ्नो पक्षमा माहौल बनाउन शक्ति केन्द्रमा धाईरहेको स्रोतले जानकारी दिएको छ । यसैबीच नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिनेसँगै नेप्सेको पुर्नसंरचना अघि बढाउने बोर्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij