२०८३ साउन ९ शनिबार

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्चमा रवि लामिछानेले गरे निवेदन दर्ता

ई आर्थिक    शुक्रबार, चैत्र ८ २०८१
4.3K
Shares
जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्चमा रवि लामिछानेले गरे निवेदन दर्ता

ई-आर्थिक,काठमाडौं । सहकारी ठगी  प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्  ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले सहकारी ठगी प्रकरणमा  ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

उनले  उक्त आदेश चित्त नबुझेको र बदर हुनुपर्ने माग राखी आज निवेदन दर्ता गराएका हुन् । अध्यक्ष लामिछानेले   साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij