ई-आर्थिक, काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट बनाउदा १९ खर्ब भित्र रहेर बनाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ मा १९ खर्ब हारहारीको बजेट निर्माण हुनेछ ।
मंगलबार आयोगले आगामी वर्ष राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ मन्त्रालयलाई बुझाएको हो । सोही प्रतिवेदनमा बजेटको अधिकतम सीमा १९ खर्ब हुनुपर्ने उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्बको बजेट घोषणा गरिएको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १६ खर्ब ९२ अर्बमा झारिएको थियो ।