२०८३ साउन ९ शनिबार

निर्जीवन बीमा कम्पनीद्वारा तीन महिनामा ११ अर्ब ५७ करोड बीमा शुल्क आर्जन

ई आर्थिक    सोमबार, कार्तिक १२ २०८१
2.6K
Shares
निर्जीवन बीमा कम्पनीद्वारा तीन महिनामा ११ अर्ब ५७ करोड बीमा शुल्क आर्जन

ई-आर्थिक, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ११ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन  गरेका छन् ।  नेपाल बीमा प्राधिकरणको अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा   १४ निर्जीवन बीमा कम्पनी र चारवटा लघु बीमा कम्पनीले सो रकम बराबरको बीमा व्यवसाय गरेका हुन् ।

पहिलो त्रैमासको समीक्षा अवधिमा कम्पनीहरूले सात लाख ३७ हजार ९३० वटा पोलिसी जारी गरेका छन् । भने लघु बीमा कम्पनीले मात्रै भने ६९ हजार ७९० वटा पोलिसी जारी गरेका छन् भने निर्जीवन बीमा कम्पनीले ६ लाख ६८ हजार १४० वटा पोलिसी जारी गरेको छ । निर्जीवन कम्पनीहरु मध्ये  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले एक अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ६९ हजार ७४७ वटा पोलिसी जारी गरेको  बीमा प्रधिकरणले जनाएको छ । साथै,  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि ३ महिनाको समयमा  एक अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ७४ हजार ७८९ वटा पोलिसी जारी गरेको छ । शिखर इन्स्योरेन्सले एक अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ७३ हजार ९३४ पोलिसी जारी गरेको  छ ।

अन्य निर्जीवन कम्पनीहरुमा  हिमालयन एरभेष्ट र आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी पनि अर्ब नजिक पुगेको तथ्याङ्कले देखाउछ । तीन महिनामा  हिमालयन एभरेष्ट इन्योरेन्स कम्पनीले ९१ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ  । सो अवधिमा कम्पनीले ५८ हजार १७३ वटा पोलिसी जारी गरेको छ । आइजिआई प्रडेन्सियल कम्पनीले भने ९० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।

निर्जीवन बीमा कम्पनीको ६७ प्रतिशत व्यापार काठमाडौंमा नै केन्द्रित हुने गरेको पाइएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमास अवधिमा कम्पनीहरूले ७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क बाग्मती प्रदेशबाट संकलन गरेका छन् । यो रकम कुल बीमा शुल्कको ६७ प्रतिशत हो । सरकारले बीमा कम्पनीहरूलाई गाउँमुखी बनाउन खोजे पनि कम्पनीहरू भने शहर केन्द्रित नै भएको तथ्यांकले देखाएको छ ।

कोशी प्रदेशबाट भने कम्पनीहरूले ९५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका छन् । मधेश प्रदेशबाट ७५ करोड ६५ लाख, गण्डकी प्रदेशबाट ६३ करोड १८ लाख, लुम्बिनी प्रदेशबाट ९९ करोड ६६ लाख, कर्णाली प्रदेशबाट ९ करोड ५८ लाख र सुदूरपश्चिम प्रदेशबाट २६ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, कम्पनीहरूले सम्पति बीमाबाट तीन अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सामुन्द्रिक बीमाबाट ६२ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन् भने हवाई बीमबाट ५४ करोड ७१ लाख रुपैयाँ संकलन गरेका छन् ।

मोटर बीमाबाट तीन अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । इन्जिनियरिङबाट एक अर्ब ४१ करोड, विविधबाट एक अर्ब ४३ करोड, कृषिबाट ५८ करोड ३८ लाख र लघुबीमाबाट १९ लाख १२ करोड रुपैयाँ आर्जन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij