२०८३ साउन ९ शनिबार

उदयपुरबाट झापा जाँदै गरको बस सप्तरीको बरमझियामा दुर्घटना हुँदा एकको मृत्यु, २६ घाइते

ई आर्थिक    आइतबार, कार्तिक ४ २०८१
2.8K
Shares
उदयपुरबाट झापा जाँदै गरको बस सप्तरीको बरमझियामा दुर्घटना हुँदा एकको मृत्यु, २६ घाइते

ई–आर्थिक, गाईघाट । उदयपुरबाट झापातर्फ जाँदै गरेको यात्रुबाहक बस सप्तरीको बरमझियामा दुर्घटना भएको छ । दुर्घटनामा परी बसमा सवार एक जनाको मृत्यु भएको छ । प्रदेश १–०१–००१ ख् ४१२६ नम्बरको उक्त बस दुर्घटनामा घाइते २६ मध्ये दर्जनको हाराहारीमा गम्भीर घाइते रहेको बुझिएको छ ।

प्रहरीका अनुसार बसमा सवार उदयपुरका २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उनको ठाउँ ठेगाना भने खुलिसकेको छैन् ।

उक्त बस उदयपुरको सदरमुकाम गाईघाटबाट झापाको काँकडभिट्टातर्फ जाँदै थियो । दुर्घटनमा परेको बस हिमाली यातायात प्रालिद्वारा सञ्चालित पारुहाङ ट्राभल्स भएको प्रहरीको भनाई छ ।

विपरित दिसाबाट आउँदै गरेको स ५ प १५९३ नं. को मोटरसाईकललाई बँचाउन खोज्दा अनियन्त्रित भई बस कोल्टे परेर दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

गम्भीर घाइतेहरुलाई विराटनगरका अस्पतालमा उपचारका लागि पठाइएको बुझिएको छ । केहीले भने स्थानीय स्वास्थ्य केन्द्र र राजविराजस्थित जिल्ला अस्पतालमा उपचारार्थ पठाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij