ई–आर्थिक, काठमाडौं । सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
नेपालले नौ महिना न् २०२३ को नोभेम्बरमा यसअघिको सरकारले टिकटक प्रतिबन्ध लगाएको थियो ।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा बिहीबार सञ्चार मन्त्रालयले टिकटक खुला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।
सर्त के छन्
गुरुङका अनुसार अब टिकटकले सरकारले राखेका सर्तहरू पूरा गर्ने भनी सहमति गर्नुपर्ने छ।
अनौपचारिक कुराकानीमा टिकटकका प्रतिनिधि त्यसप्रति सहमत भए पनि औपचारिक सहमति हुन बाँकी रहेको उनको भनाइ छ।
अब टिकटकजस्तै अन्य सामाजिक सञ्जालहरू पनि नेपालमा दर्ता हुनुपर्ने र तिनले पनि उपर्युक्त सर्तहरू मान्नुपर्ने गुरुङले जानकारी दिए।
सञ्चार मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार बुधवार मन्त्रालयले केही सर्तहरूसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेर त्यसलाई मन्त्रिपरिषद्मा पठाएको थियो।
सरकारले “सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको” भन्दै गत वर्ष नोभेम्बर दोस्रो साता नेपालमा उक्त एपमाथि प्रतिबन्ध लगाएको थियो।
नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि भीपीएन प्रयोग गरेर धेरै प्रयोगकर्ताहरूले टिकटक चलाउने गरेको पाइन्छ।