२०८३ साउन ९ शनिबार

धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने, दाबी पेस गर्न राष्ट्रपति पौडेलको आह्वान

ई आर्थिक    शुक्रबार, असार २८ २०८१
2.8K
Shares
धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने, दाबी पेस गर्न राष्ट्रपति पौडेलको आह्वान

ई–आर्थिक, काठमाडौं । धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान समेत गरेका छन् ।

उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij