२०८३ साउन ९ शनिबार

ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन ल्याइएकाे खुलासा

ई आर्थिक    सोमबार, असार १७ २०८१
6.9K
Shares
ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन ल्याइएकाे खुलासा

ई–आर्थिक, काठमाडौं । प्रहरीले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर करिब ३२ क्विन्टल सुन ल्याइएकाे खुलाएकाे छ । ६१ किलाे सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा सुन तस्करी गर्ने समुहले ब्रेक सु तथा इलेक्ट्रोनिक सामानमा लुकाएर करिब ३२ क्विन्टल सुन तस्करी गरेकाे प्रहरीले निष्कर्ष निकालेकाे हाे ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान अनुसार समुहले ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी र अन्य इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१.८९ केजी सुन भित्राएकाे खुलेको हो । उक्त सुनकाे हाल कायम मूल्य ३० अर्ब ८२ करोड २२ लाख रूपैायँभन्दा बढी पर्दछ ।

यसकासाथै, ५ वटा डमी कम्पनीमार्फत करिब ३२ क्विन्टल केजी सुन तस्करी भएको सीआईबीले निष्कर्ष निकालेको छ । भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको सीआईबीले दाबी गरेकाे छ ।

यसैगरी, दोलखा इलेक्ट्रिक सप्लायर्सले १७२.८ केजी र रेडी ट्रेड प्रालीले ७.५ केजी सुन तस्करी भएको पाइएको छ। यी कम्पनीहरूले सुन तस्करीकै लागि कम्पनी खडा गरेकाे र ब्रेक सु तथा इलेक्ट्रोनिक सामाग्री मार्फत सुन तस्करी गर्ने गरेकाे सीआईबीकाे भनाइ छ । उक्त समुहले करिब ३१ अर्ब रुपैयाँको सुन तस्करी गरेका छन्। यसअघि, ३६२.७७८ केजी सुन तस्करी भएको सीआईबीकाे दाबी थियो।

२०८०काे साउन २ गते, ब्रेक सुमा लुकाएर ल्याएको करिब ६१ किलो सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij