२०८३ साउन १० आइतबार

काठमाडौं महानगरले सडक विभागलाई उपहारस्वरुप दैनिक एक ट्रक धुलो थुपारिदिने

ई आर्थिक    शनिबार, जेष्ठ १२ २०८१
6.7K
Shares
काठमाडौं महानगरले सडक विभागलाई उपहारस्वरुप दैनिक एक ट्रक धुलो थुपारिदिने

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको मूख्य सडकमा धुलो थुपारिदिएको छ ।

चक्रपथको कलंकी–महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो ।

मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा लेखेका छन् । उनले शनिबार लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’

महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार धुलो नियन्त्रणका लागि संघीय सरकारले सहयोग नगरेका कारण यो कदम चालिएको हो । ‘ब्रुमरले बिहान धुलो सफा गर्‍यो भने दिउँसो धुलो भइसक्छ’, उनले भने ।

मेयर बालेन शाहले कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका कारण त्यस क्षेत्रका बासिन्दाले १५ वर्षदेखि धुलो र कष्ट ब्यहोर्नुपरेको बताएका छन् ।

‘काठमाडौंमा हुने आधा भन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानुपरेको छ’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij