२०८३ साउन ९ शनिबार

कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने अर्थमन्त्री पुनको दाबी

ई आर्थिक    मंगलबार, बैशाख २५ २०८१
1.9K
Shares
कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने अर्थमन्त्री पुनको दाबी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने बताउनुभएको छ। मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेकइन नेपाल समिट–२०२४ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो।

उहाँले सरकारले बजेटमा राजस्वको विषयमा श्रृंखलावद्ध रुपमा छलफल गरिरहेको बताउनुभयो। उहाँले राजस्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्व रहेकाले निजी क्षेत्रको मागलाई सकेसम्म सम्बोधन गर्ने बताउनुभयो।

उहाँले आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नलाई कच्चा पदार्थ र तयारी वस्तुको दुई तहको भन्सार दर फरक बनाउने कुरामा सकारात्मक रहेको बताउनुभयो। उहाँले विगतदेखि २० प्रतिशत महंगोमा पनि आन्तरिक(स्वदेशी)उत्पादन सरकारले खरिदमा गर्नुपर्ने नीतिगत सुधार गर्ने बताउनुभयो।

अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई सरकारलाई आवश्यक वस्तु खरिद गर्नुपर्ने माग सकारात्मक रहेको बताउनुभयो। उहाँले सरकारले नीतिमार्फत आगामी बजेटमा के सकिन्छ सकारात्मक रुपमा समेट्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सरकारले वेव पोर्टल बनाएर स्वदेशी उत्पादन एकै ठाउँमा डिजिटल रुपमा हेर्नसक्ने प्रविधिमार्फत नेपाली उत्पादनलाई तीनै तहका सरकारले खरिद गर्ने व्यवस्था गरिने बताउनुभयो। उहाँले बजार मूल्य भन्दा बढी भए पनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी वर्षको बजेट स्वदेशी घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने नीति र बजेटको व्यवस्था गरेर सरकारी कार्यालयमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्ने नीति अपनाउने बताउनुभयो।

अर्थमन्त्री पुनले सरकारले आर्थिक अपराधलाई फौजदारी अपराधको रुपमा हेर्ने नीतिमा सुधार गर्ने बताउनुभयो। उहाँले राजश्व, बैंकिङ लगायत अन्य आर्थिक अपराधलाई हेर्ने निकाय फरक–फरक रहेको भन्दै त्यही अनुसार हुनु आवश्यक रहेको बताउनुभयो। उहाँले सबै अपराधलाई फौजदारी अपराधका रुपमा राज्यले लिन नहुने भन्दै पछिल्लो समय त्यस्तो भइरहेको स्वीकार गर्नुभयो। उहाँले आर्थिक अपराधलाई फौजदारी अपराधको रुपमा लिएर व्यवसायीलाई थुन्ने, बेइज्जत गर्ने काम भइरहेको भन्दै त्यस्तो गर्न नहुने संकेत गर्नुभयो।

अर्थमन्त्री पुनले पछिल्लो समाय सामान्य आपसी लेनदेनमा पनि मिलेमतोमा पैसा लिने भन्दा पनि एक दिन भएपनि थुन्नुपर्छ भन्ने सामाजिक प्रवृत्ति बढेको बताउनुभयो। उहाँले आर्थिक अपराधलाई समाधान गर्ने निकाय अन्तर्राष्ट्रिय रुपमा पनि फरक हुने बताउनुभयो। उहाँले सरकारले व्यापार, उद्यम र व्यक्तिलाई सहज बनाउने भन्दा पनि सबैलाई फौजदारी अपराधतिर लैजाने खालका नीतिहरु रहेको बताउनुभयो। उहाँले अब त्यस्ता नीतिहरुलाई सरकारले अन्तर्राष्ट्रिय नीति र अनुभव अनुसार परिमार्जन गर्ने उल्लेख गर्नुभयो।

उहाँले देशभित्रै भविष्य छ भन्ने सन्देश युवा पुस्तालाई दिनेगरी बजेट निर्माण गर्ने बताउनुभयो। अर्थमन्त्री पुनले समग्र निजी क्षेत्रलाई प्रवद्र्धन, प्रोत्साहन गरी मनोबल उच्च बनाउने गरी काम गर्ने विश्वास दिलाउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij