२०८३ साउन ९ शनिबार

यो हप्ता पनि सुनचाँदीको मुल्यमा रेकडै रेकर्ड, अर्को हप्ता पनि सुनको मूल्य बढ्ने नै संभावना

ई आर्थिक    शनिबार, बैशाख १ २०८१
3.4K
Shares
यो हप्ता पनि सुनचाँदीको मुल्यमा रेकडै रेकर्ड, अर्को हप्ता पनि सुनको मूल्य बढ्ने नै संभावना

ई–आर्थिक, काठमाडौं । यो साता पनि गत साता जस्तै सुनचाँदीको मुल्यले एकपछि अर्को गर्दे नयाँ रेकर्ड कायम गरेको छ । साताकोपहिलो दिन आइतबार देखि नै निरन्तर रेकर्ड कायम गर्दै आएको मुल्यले साताको पाँचौं दिन बिहिबार सामान्य घटेको भए पनि साताको पछिल्लो कारोकार भएको दिन शुक्रबार फेरी नयाँ रेकर्ड कायम गर्यो ।

अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्। मुल्य उचाइमा पुगिरहँदा ठूला बैंकहरु आफ्नो पुर्व प्रक्षेपण नै फेर्न बाध्य भएका छन्। यही अवस्था रहे अर्को हप्ता पनि सुनको मूल्य बढ्ने नै संभावना रहेको बताइन्छ ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन आइतबारको तुलनामा पाँचौ दिन बिहिबार मुल्य सामान्य घटेको भए पनि शुक्रबार फेरी बढेर हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख १९ हजार १ सय ७० पुग्यो । पहिलो दिनको तुलनामा पछिल्लो दिन अर्थात शुक्रबारको मुल्य प्रति १० ग्राम २ हजार ९ सय १५ रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गरेको छ । साताको सुरु देखि नै बढेको मुल्य साताभर कुनै पनि दिन घटेन । साताको पहिलो दिन आइतबार पति १० ग्राम १ हजार ४ सय ३२ रहेको मुल्य अन्तिम दिन शुक्रबार रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ५ सय कायम भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij