२०८३ साउन ९ शनिबार

इसेवा र आइएमएसद्वारा ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

ई आर्थिक    मंगलबार, असार २ २०८३
1.1K
Shares
इसेवा र आइएमएसद्वारा ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

काठमाडौँ ।  इसेवा र आइएमएसले व्यवसायी तथा संस्थागत ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ (Enterprise Payment Solutions) सार्वजनिक गरेका छन्। नयाँ समाधानले व्यवसायीहरूलाई आफ्नो भुक्तानी प्रणालीबाट सिधै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य लाभग्राहीहरूलाई सहज रूपमा भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्ने बताइएको छ।

इसेवाको डिजिटल भुक्तानी पूर्वाधार र आइएमएसको इन्टरप्राइज क्षमताको एकीकरणमार्फत विकसित गरिएको यो समाधानले व्यवसायीहरूलाई छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी व्यवस्थापन गर्न सहयोग पुर्‍याउने कम्पनीहरूले जनाएका छन्।

‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ले चेकमा आधारित कारोबारमाथिको निर्भरता घटाउनुका साथै म्यानुअल भुक्तानी प्रक्रियामा लाग्ने समय बचत गरी भुक्तानी प्रणालीलाई थप सरल र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

यस समाधानमार्फत व्यवसायीहरूले आफ्नो वित्तीय कार्यप्रवाहमा पारदर्शिता र पूर्ण नियन्त्रण कायम राख्दै रकम भुक्तानीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्नेछन्। हाल प्रयोग भइरहेका प्रणालीहरूमार्फत नै सिधै भुक्तानी गर्न सकिने भएकाले उद्यमी, व्यवसायी तथा संस्थाहरूले समय बचत गर्न, सञ्चालन जटिलता कम गर्न र आफ्नो मुख्य व्यावसायिक गतिविधिमा केन्द्रित हुन सक्ने विश्वास गरिएको छ।

इसेवा र आइएमएसबीचको यो सहकार्यले व्यावसायिक भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै संस्थागत डिजिटल रूपान्तरणलाई गति दिने अपेक्षा गरिएको छ। दुवै संस्थाले प्रविधि तथा विभिन्न भुक्तानी क्षमताहरूलाई एउटै कार्यप्रवाहमा समेटेर व्यवसायीहरूलाई थप सहज, प्रभावकारी र विश्वसनीय भुक्तानी अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

व्यावसायिक प्रक्रिया सहज बनाउने तथा सरल र भरपर्दो भुक्तानी समाधान उपलब्ध गराउने लक्ष्यका साथ इसेवा र आइएमएसले आगामी दिनमा पनि नवीन प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै लैजाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij