२०८३ साउन ९ शनिबार

सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगद्वारा सुन तस्करीमा संलग्न ६८ जनालाई कारबाहीको सिफारिस

ई आर्थिक    शुक्रबार, चैत्र २ २०८०
5.5K
Shares
सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगद्वारा सुन तस्करीमा संलग्न ६८ जनालाई कारबाहीको सिफारिस

ई–आर्थिक, काठमाडौं । सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ६८ जनालाई कारबाहीको सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार बुझाइएको प्रतिवेदनमा सुन तस्करीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न ती व्यक्तिलाई कारबाही गर्न सिफारिस गरिएको हो । बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् ।

जाँचबुझका क्रममा आयोगले पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालगायत २८ जनासँग कागजी बयान र साढे ३३ केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लगायत ३२ जना प्रतिवादीसँग पुनः बयान लिएको थियो । आयोगले बैङ्किङ तथा राजस्व अनुसन्धानका ३३ जना विज्ञ, १८ जना सुनचाँदी व्यवसायी, वाणिज्य तथा सीमापार व्यवसायमा संलग्न चार जनासँग सोधपुछ तथा परामर्श गरेको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले आयोगले सुझाएका विषयमा गृह प्रशासनले कठोर कदम चाल्ने प्रतिबद्धता जनाए । उनले अनुसन्धानमा देखिएको दोषीमाथि कारबाही गर्ने भन्दै सुन तस्करीमा संलग्नलाई छोडिएको भए गृह प्रशासन कडा रुपमा लाग्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत् भएको सुन तस्करी लगायत विषयमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । उक्त आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

आयोगले सुन तस्करीमा संलग्नहरुसँग वयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषण सहित महत्वपूर्ण सिफारिस गरिएको जनाइएको छ । यद्यपि प्रतिवेदनका अन्तर्वस्तुबारे केही खुलाइएको छैन ।

सदस्यहरुका अनुसार आयोगले सीआईबीले बयान कागज गरेर छाडेका २१ जनालाई बयान गराइएको छ । थप १४ जनासँग सोधपुछ गरिएको छ । आयोगका सदस्यहरुले विभिन्न सीमा नाकामा गएर स्थलगत अध्ययन समेत गरेको थियो ।

सुन तस्करीबारे छानबिन प्रतिवेदन अध्ययन गरेपछि बिहीबार नै उपप्रधान एवं गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग भेट गरे । प्रधानमन्त्रीसँगको भेट लगत्तै लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएर छलफल गरे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट उन्मुक्ति पाएकाहरुबारे समेत आयोगले अध्ययन गरेको थियो । त्यसरी प्रहरी कारबाहीमा छुटेकाहरुलाई कतिपयलाई मुद्दा चलाउन सिफारिस, कतिपय प्रहरीलाई विभागीय कारबाहीका लागि सुझाइएको आयोगका सदस्यहरु बताउँछन् ।

आयोगको ब्रिफिङ लिएर प्रतिवेदन बुझेका लामिछानेले तप अध्ययन गरेर कार्यान्वयनमा तदारुकता देखाएका छन् । आयोगका अध्यक्ष आचार्यका अनुसार, कारबाही सिफारिसका विषयहरु समेटिएको प्रतिवेदन ४८५ पृष्ठको छ ।

यसैबीच, सुन तस्करीको अनुसन्धानकै विषयमा छलफल बोलाइएको संसदीय समितिको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले शुबmबार बिहान ८ बजे सिंहदरवारमा बैठक राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij