२०८३ साउन १० आइतबार

ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित पक्राउ, झण्डै दुई करोड उक्त रकम हालसम्मकै ठुलो

ई आर्थिक    सोमबार, माघ २९ २०८०
2.7K
Shares
ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित पक्राउ, झण्डै दुई करोड उक्त रकम हालसम्मकै ठुलो

ई–आर्थिक, काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

ट्राफिक प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा सुनसरी खोला पुलनजिक सेतो रङ्गको बीआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोबाट ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित भारतको विहार राज्य सुपौल जिल्ला थाना वीरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरिएको हो ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोटको कुल एक करोड ८२ लाख ५१ हजार रुपियाँ बरामद गरेको जनाएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विपिन रेग्मीले ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्नेक्रममा शङ्का लागेर पछाडिको डीक्कीमा राखिएको अवस्थामा बरामद गरेको जानकारी दिनुभयो । पक्राउ परेका साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नबीनकृष्ण भण्डारीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा १० वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij