२०८३ साउन १२ मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूूलो परिमाणमा सुन तस्करीको प्रयास, १४ किलो सुनसहित चन्द्र घले पक्राउ

ई आर्थिक    शुक्रबार, मंसिर २२ २०८०
3.9K
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूूलो परिमाणमा सुन तस्करीको प्रयास, १४ किलो सुनसहित चन्द्र घले पक्राउ

ई–आर्थिक, काठमाडौं । बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करीको प्रयास भएको छ । दुबईबाट काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुन सहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हो ।

घले फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुन सहित पक्राउ परेका व्यक्ति भन्सार विभागलाई थप कारवाहीका लागि बुझाई सकिएको जनाएको छ । शरीरमा लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij