२०८३ साउन १३ बुधबार

सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना : छानबिन समिति विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन सुरु

ई आर्थिक    मंगलबार, साउन १२ २०८३
323
Shares
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना : छानबिन समिति विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन सुरु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित सरकारी समिति सोमबार राति विराटनगर आइपुगेको छ। गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले आइपुगेलगत्तै उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै घटनासम्बन्धी विवरण संकलन सुरु गरेको हो।

समितिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग भेट गरी बयान लिइरहेको छ। घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक प्रमाण, तथ्य तथा विवरण संकलन गर्ने कार्य पनि जारी रहेको समितिले जनाएको छ।

छानबिन टोलीले घटनास्थल रहेको कप्तानगञ्ज पुगेर स्थलगत निरीक्षण गर्ने तयारी गरेको छ। प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको विस्तृत प्रतिवेदन तयार पारिने जनाइएको छ।

सोमबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले सहसचिव थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई सात दिनभित्र घटनाबारे प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

यसैबीच, घटनाको सुरक्षा अवस्थाबारे समीक्षा गर्न सोमबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा बैठकसमेत बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij