२०८३ साउन १४ बिहिबार

जीवन बीमा कम्पनीहरूले साउनमा आर्जन गरे रू. १९ अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क

ई आर्थिक    बुधबार, भाद्र १३ २०८०
4K
Shares
जीवन बीमा कम्पनीहरूले साउनमा आर्जन गरे रू. १९ अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को साउनमा जीवन बीमा कम्पनीहरूले कुल रू. १९ अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूले ८ लाख ३२ हजार ७५९ ओटा बीमा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

सर्वाधिक बीमा शुल्क आर्जन गर्नेमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले साउनमा मात्रै रू. ५ करोड २२ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा राष्ट्रिय बीमा संस्थान छ । कम्पनीले कुल रू. ३ अर्ब ३४ करोड बीमा शुल्क आर्जन गरेको हो ।

१४ जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा कम बीमाशुल्क सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आर्जन गरेको छ । कम्पनीले रू. ३५ करोड ६२ लाख बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू. ३८ करोड ११ लाख बीमा शुल्क आर्जन गरेको छ ।

कुन कम्पनीको बीमा शुल्क कति ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij