ई–आर्थिक, काठमाडौं । कालिकोटको सुनथराली विमानस्थल निर्माण सम्पन्न भएको छ । ३७ वर्षपछि सम्पन्न भएको उक्त विमानस्थल २०४२ सालबाट निर्माण सुरु भएको थियो । २०७९ पुसमा सम्पन्न भएको उक्त विमानस्थल अहिले चिटिक्क पारिएको छ । यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन् ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ मा रहेको विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते कच्ची धावनमार्गमा परीक्षण उडान गरिएको थियो । त्यसयता जहाज आएको छैन । अहिले विमानस्थल कालोपत्रे गरी चिटिक्क पारिएको छ ।
२०८० वैशाख १ गते नयाँ वर्षसँगै औपचारिक उडान भर्ने भन्ने चर्चा छ तर ठोस टुङ्गो भने लागेको छैन । विमानस्थल सञ्चालनमा आएमा त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।