काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्। फागुन २१ को निर्वाचनअघि स्वास्थ्योपचारका लागि विदेश गएका देउवा लामो बसाइपछि नेपाल आउन लागेका हुन्।
देउवा स्वदेश फर्किएलगत्तै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उक्त भेला विशेष महाधिवेशनको विपक्षमा रहेका कांग्रेस नेताहरूले आयोजना गर्न लागेका हुन्।
देउवा र उनकी पत्नी स्वास्थ्योपचारका लागि निर्वाचनअघि सिंगापुर गएका थिए। त्यसक्रममा उनी केही समय हङकङमा समेत बसेका थिए। हाल देउवा सिंगापुरबाटै नेपाल फर्किन लागेका हुन्।