२०८३ साउन ८ शुक्रबार

बदलिँदो सामाजिक मनोविज्ञान : नयाँ पुस्ताको सोच, प्रविधि र परिवर्तनको प्रभाव

ई आर्थिक    आइतबार, साउन ३ २०८३
2.1K
Shares
बदलिँदो सामाजिक मनोविज्ञान : नयाँ पुस्ताको सोच, प्रविधि र परिवर्तनको प्रभाव

डा. श्रीराम न्यौपाने

काठमाडौं ।  जेनजीविद्रोह, आमनिर्वाचन र पछिको सय दिने सरकारी कार्यावधिलाई आधार मानी बदलिँदो सामाजिक मनोविज्ञानको चिरफार गर्न खोजेको छु । यसमा मानवीय स्वभाव, सुन्ने क्षमता, गृहित धारणा, व्यक्त प्रतिक्रिया, जीवनशैली, सामाजिकता, अनुशासनजस्तामनोसामाजिक चरित्रलाई आधार बनाएको छु । खासमा मनोपरिवर्तित सन्दर्भका मापक भनेकै बोली, व्यवहार, चिन्तन, शैली आदि क्रियाकलापनै त हुन् ।

भनिन्छ, समयगतिवान् र बलशाली हुन्छ । परिवर्तन उसको मूलविचार हो । यो विशेषताप्रकृतिले प्राणीलाई सिकाइरहेको हुन्छ । त्यो प्रचण्ड गर्मी वर्षा र शरद हुँदै कठ्याङ्ग्रिने ठण्डीमा पुग्दा समाप्त हुन्छ अनिपुनःवासन्ती सौम्यतापछि उही राप ताप दोहोरिन्छ । तर यसले सामाजिक मनोविज्ञानमा नव नव ज्ञान, उर्जा र अनुभवप्रदान गरिसकेको हुन्छ ।साथै कठिनाइ र सङ्घर्षका पीडा भुलाउँदै नयाँयुग र सम्भावनाको क्षितिज उघारिदिएको हुन्छ । यसै पृष्ठभूमिमा हेर्दा नेपाली मनमा पनि उथलपुथल आएको छ । विगतका भोगाइको स्मृतिले भन्दा आगतका सुखद् कल्पनाले जितेको आशालाग्दो उज्यालो दिएको छ ।

यस परिवर्तित परिवेशमा राजनीतिक, आर्थिक, सांस्कृतिक तथा प्रविधिगत क्षेत्रका गतिविधिहरूको सूक्ष्म निरीक्षण गर्नुपर्ने हुन्छ । पुरानो र नयाँ पुस्ताको कित्ताकाटले राजनीतिमा पलायन र उत्पत्तिको सन्तुलन मिलाइदिएको छ । आफ्नो उर्वर जवानी, दिनरातको ज्ञान र अनुभव  अनि त्यागलाई आत्ममूल्याङ्कनले नै सामान्य, कसरयुक्त र अज्ञानी ठह¥याइदिएपछि पुरानोले विस्थापित र निवृत्त अनुभूति गर्नु अनौठो होइन । अर्कातिर नयाँ बेर्ना, बिरुवाअनिमुना हुर्कदाको सौन्दर्यले सबैलाई लोभ्याइरहेछ । फेरि हुर्कँदो नवयुवा सामान्य प्रतिरोधसँग जुध्न सक्छ तर प्रौढले ससानो उतारचढावमा पनिथला पर्ने नियतिभोग्छ । यो प्राकृतिक ऐन हो ।
अहिलेको उत्पादन सम्बन्ध पनि फेरिएको छ । रोजगारदातासँगको रोजगारको सम्बन्धमा शङ्का र द्वन्द्व घटेको छ ।विधि, अनुशासन, कर्तब्य तथा जिम्मेवारीलाई प्रविधिले जाँच्न थालेको छ । अनैतिक र गैरकानुनी काममा नयाँ आयाम आइरहे पनि प्रायःनियन्त्रित छन् । यो पुस्ता पहिलाको भन्दा बढी आचरणबद्ध र विधिपैमीबन्दै गएको हामी घरमै पनि महसुस गरिरहेका छौँ ।

हाम्रा आफूभित्रका कमजोरीहरू पछिल्लो पुस्ताले देखाइदिनथालेको छ । युगबोध गराइदिएको छ । खाईनखाई धेरै धनथुपार्ने, धनले ठुलो देखिने, धनकै लागि भ्रष्टाचार वा दुराचार गर्ने जस्ता प्रवृत्ति त्यागिँदा छन् । प्रविधितर्फको आकर्षण बढ्दो छ । सामूहिकता वा वर्गीयताभन्दा व्यक्तिवादले प्रश्रय पाइरहेछ । कसैको कोहीप्रतिचासो, चिन्ता र भर छैन । मनोविज्ञान बुझ्दा स्वतन्त्रताको पूर्ण उपयोग गर्न यो पुस्ताबढी उद्दत छ ।

आजप्रविधि र मानिसबीचको सम्बन्ध नङ र मासुको जस्तै भइसक्यो । ऊ सबै त्याग्न सक्छ तर डिजिटलविना पानीनपाएको माछोजस्तो हुन्छ । त्यो उसलाई पढाउने, डो¥याउने अनि मनोरञ्जन दिने साथी बनेको छ । आज प्रायः सबैसँग यस प्रविधिले नाता जोडेको छ । अज्ञानीले सिक्न नवयुवाको साथ खोज्नुपरेको छ । यसले बसालेको लत र गलत असर पनि प्राकृतिक हुन्किन कि सृष्टि र विनाश सँगै हिँडिरहन्छन् । जे होस् सङ्क्रमणकालीन नेपालीमनोविज्ञान प्रविधिमय बन्दै आएको अवश्य हो । यसलाई होच्याएर वालत्याएर अघि बढ्छु भन्ने सोच्नु जेष्ठ हठ वाप्रौढ दम्भबाहेक केहीहोइन । विद्यार्थीले कक्षामा मोबाइल बोक्नु, कर्मचारीले काममा इन्टरनेट सुविधा पाउनु, गृहिणीले घरमा टेलिभिजन हेर्नु जस्ता काम गलत होइनन् बरु कुन समयमा के गर्ने भन्ने सचेतना बढाउनु महत्वपूर्ण हो । त्यसैले सभ्यता यान्त्रिकभएको टिप्पणी गर्नु भन्दा यन्त्रदास हैन यन्त्र नायक बन्नतर्फ लाग्नुपर्छ ।

वर्तमान पुस्तामा चाड, पर्व, संस्कार, पाठ, तीर्थ, धर्म, जातआदि सांस्कृतिकपक्षहरू प्रति आकर्षण घट्दो छ । जुनसुकै कुरामापनि सत्यता, वैज्ञानिकता, मूल्य र प्रतिफल जोड्न खोज्नु उनीहरूको स्वभाव बनेको छ । ढिलो विवाह, अविवाह, न्युन सन्तानोत्पत्ति, एकलजीवन, बढ्दो पारपाचुके, परिवारका सदस्यप्रतिको विकर्षण, स्नेहमाह्रास, स्वनिर्मित धारणा आदिले शिथिल मानवीय संवेदना र सांस्कृतिक रूपान्तरणको सङ्केत गरिरहेका छन् । यसले ज्ञानको पुस्तान्तरणमा बाधाउत्पन्न गरी द्वन्द्व सृजना गरेको छ । यसलाई पश्चिमाकरण वामूल्यको स्खलन भनी बुझ्नु नै बेठिक हो । परिवर्तन नक्कलबाट हैन प्रकृतिबाटै आइरहेछ । यो वेगलाई हामी रोक्न सक्दैनौँ । केमात्र सोच्न वा विश्लेषण गर्न सक्छौँ भने त्यसले सन्ततीलाई कसरी कमक्षति र बढी फाइदादिन सक्छ ।

खानपान र पोषाकका रूपरङहरू सधैँ फेरिइरहेका देख्छौँ । नयाँ मोडेलहरूले बदलिँदो सामाजिक मनोविज्ञानलाई तान्ने गरेको छ । कोठा र घरमा सजावट, फेरबदलअनि रूपान्तरण चलिरहन्छ । विभिन्न कुराको कल्पना गर्ने मन छिनछिनमा बदलिइरहेको पाउँछौँ । उहीप्रकृति केही दिनपछि हेर्दा भिन्न अनुभूति हुन्छ । एकै प्रकारको चलन, संस्कार, शैलीअनि संरचनालाई त्याज्य ठान्ने सामाजिक मनले प्रत्येक पलनयाँ कुरा देख्न, अनुभूत गर्न र रोमाञ्चित हुन खोजिरहेको हुन्छ । यहीहो परिवर्तन, गतिशीलता र विकास । यस्तो प्राकृतिक सत्यलाई नबुझ्नु वा नबुझेजस्तो गर्नु मुर्खताहो, समाप्तिको बाटो हो ।

प्रविधिले समाजलाई लेख्न, पढ्न, सोच्न, देख्न, अनि सुन्न सजिलो बनाइदिएको छ । हाम्रा हरेक क्षेत्रहरूमा ढिला सुस्ती थियो । बाढीमा पहिरो, कुडाकर्कट, ढुङ्गामाटो आदि मिसिएपछि आयात न बढेझैँ वर्तमान युवा सोचाइमा पनि ढिलाइ, भ्रष्टता, दम्भतथा दमनबाट उत्पन्नबिकार मिसियो । छिटो नतिजाखेज्ने मनोविज्ञानमा बारम्बार ठेस लाग्यो । एकातिर लम्मेतान संसदीय, प्रशासनिक तथा नीतिगत प्रक्रियाले जकडेको र अर्कातिर द्रुत परिणामको आशामा तिर्खाएको मनोविज्ञान जुध्न पुग्दा भर्खरैको महाविस्फोट भएको अवश्य हो तर यस सत्यलाई स्विकार्न अझै एउटा समूहत यार छैन । उल्टै यसको छानविन हुनुपर्छ र सत्यतथ्यबाहिर आउनुपर्छ भन्नेहरू छन् यहाँ । यस्तो आक्रोशित बदलिँदो मनोविज्ञान र परिणामलाई नबुझ्नु अर्को विडम्बना हो ।

अनौठो त के भने समाजका यावत कुरा फेरिएका, नयाँ भएका अनि मूल अवस्था छाडेका छन् तर हाम्रो सचाइमा परिवर्तन आएकै छैन । बरिष्ठले कनिष्ठलाई असक्षम, नालायक, उद्दण्ड अनि अबौद्धिक ठानिरहेकै हुन्छ । अपरिपक्वताको दोषारोपण गर्दै निराशा बाँडिरहेका हुन्छन् । सायद आफूलाई अग्रज, विद्वान् अनि सर्वज्ञानी नठानिदिएकामा कुण्ठा छ । आफूले ल्याएको, कमाएको, बनाएको आदि दम्भ पनि होला ।विगत युग हाँकेको अनुभव र गरेका सङ्घर्षले पनि तिनका जीवनीकापाना भरिएका अवश्य होलान् । अगाध देशप्रेम, महान् सपना अनि दुसाध्य लक्ष्य पनित्यहाँ मुछिएको हुन सक्छ । यतिभएर पनि तीतत्कालीन सन्दर्भमामात्रश्रद्धेय, सर्वोच्च अनिग्राह्य हुन्छन् भन्ने सोच आजको पुस्ताले लिएको छ ।

नेपालका दस दस वर्षका अन्तरालमा भइरहेका राजनीतिक उथलपुथलको कारण नै यहीबदलिँदो मनोविज्ञान हो । त्यस्तै सांस्कृतिक, आर्थिक, सामाजिक, धार्मिक आदि क्षेत्रमा पनि यस्ता विद्रोहहरू भइरहेका छन् तर भूमिगत वा अप्रत्यक्ष रूपमा । विदेशबाट नेपालमार यहाँपूर्वबाट पश्चिमतिर यो क्रमबढ्दै छ । डिजिटलले गरेको चेतना विस्तारको गतिअहिले बढी छ ।

समाज उन्नतिलाई त अनुभूत गर्दैन भने यथास्थितिलाई त ऊ पश्चगमन नै ठान्छ । बाबुआमाको पेसा, कमाइ, जीवनशैली, सोच तथातरिका सन्तानले प्रायः पछ्याउँदैनन् । विद्रोहबाट आएको सरकार प्रतिको मोह पनि समयचक्रले घृणामा बदल्न थाल्छ । यस्तो द्रुत परिवर्तनको गतिलाई महसुस गर्न, पछ्याउन र सच्चिन नसक्नेले अब जनविश्वास जित्छ भन्नु त हुटिट्याउँले आकाश थाम्छ भन्नु मात्र हो ।

अरूको सहारामा बाँच्नु पर्ने, शक्ति आवश्यक पर्ने, विचार डो¥याउने, महान् लक्ष्यलिने, व्यवसायलाई उठाउन चाहने वा समस्यारहित जीवन जिउने मातापिता, पेसाकर्मी, प्राज्ञिक, राजनेता, व्यवसायीतथा सर्वसाधारण जोकोहीले पनि सामाजिक मनोविज्ञान थाहा पाउनै पर्छ । वास्तविकतायही हो । अब बदलिँदो मनोभाव रोक्ने सामथ्र्य त कसैसँग हुँदैन त्यसैले आफैं बदलिनु बुद्धिमानीहो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij