काठमाडौं । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा तथा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त हुनुभएको छ।
नियुक्तिपछि दुवै पदाधिकारीले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
डा. थापा नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारका रूपमा नियुक्त भएसँगै परिषद्को प्रशासनिक तथा नियामक नेतृत्व सम्हाल्ने जिम्मेवारीमा रहनुहुनेछ।
त्यस्तै, प्रा.डा. अमात्य शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा नियुक्त भएसँगै केन्द्रको समग्र व्यवस्थापन तथा सेवा प्रवाहको नेतृत्व गर्ने जिम्मेवारीमा रहनुहुनेछ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दुवै संस्थामा नयाँ नेतृत्व नियुक्त भएसँगै स्वास्थ्य सेवा, संस्थागत सुशासन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जनाएको छ।