२०८३ साउन १० आइतबार

करोडौंका सामानसहित नियन्त्रणमा लिएका २० वटा मालबाहक ट्रकको अनुसन्धान सुरू

ई आर्थिक    मंगलबार, चैत्र १४ २०७९
2.7K
Shares
करोडौंका सामानसहित नियन्त्रणमा लिएका २० वटा मालबाहक ट्रकको अनुसन्धान सुरू

ई–आर्थिक, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको शंकामा दक्षिणी भन्सार नाकाबाट छुटेका दुईवटा भारतीयसहित २० वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ ।

विभागले करोडौं मूल्यका सामान आयातका क्रममा नियन्त्रणमा रहेका ट्रक छानबिन गरेर छाड्ने वा मुद्दा चलाउने निर्णय हुने जनाएको छ ।

मुलुकमा राजस्व संकलन न्यून भएर साधारण खर्च धान्नसमेत कठिन भएका बेला भन्सार नाकाहरुबाट हुने आयातमा बढी निगरानी गरिएको विभागका एक अधिकारीले बताए ।

विभागका प्रवक्ता तथा उपमहानिर्देशक प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार ती ट्रकहरु वीरगन्ज, विराटनगर, भैरहवा, रसुवा भन्सारबाट काठमाडौं आउने क्रममा बाटैबाट नियन्त्रणमा लिइएको हो । सामान बोकेका केही ट्रक चोभार सुख्खा बन्दरगाहबाट नियन्त्रणमा लिइएको छ ।

अहिले नियन्त्रणमा लिइएका कन्टेनरहरू पुल्चोकस्थित विभागको हातामा राखिएको छ । विभागले १० दिनदेखि नियन्त्रणमा लिइएका ट्रक जाँच गरेर अनुुन्धान भइरहेको जनाएको छ । विभागले विशेष सूचनाका आधारमा राजस्व आयात गरिएका सामानहरुमा तयारी कपडा, जुत्ता, हार्डवेयर, कस्मेटिक, टायल, ब्लाङ्केट, चामललगायतका छन् ।

नियन्त्रणमा लिइएका ट्रकमध्ये दुईवटा भारतीय छन् । विभागको हातामा ट्रक तथा कन्टेनरहरु भरिभराउ देखिएका छन् । प्रवक्ता उपाध्यायले मुख्यतस् भन्सारबाट छुटेका ट्रकका सामानको मूल्याङ्कन दर, गुणस्तर, परिमाण र त्यसका आधारमा आयातकर्ताले तिरेको राजस्व रकममा आधारित भएर अनुसन्धान गरिने बताए । केही कन्टेनर भने जाँच गरिसकेको उनले बताए । विभागको ५० लाखसम्मको बिगो कायम भएमा आयातकर्ताले जरिवाना वापत उक्त रकम तिरेर सामान लैजान सक्ने बताइएको छ । तर ५० लाखभन्दा बढी बिगो रकम तिर्नुपर्ने देखिए आयातकर्ताविरुद्ध मुद्दा दायर गर्ने कानुनी प्रवधान रहेको छ । त्यस्तो अवस्थामा सामानसमेत जफत हुने दाबीसहित मुद्दा दायर हुनेछ ।

विभागले पछिल्ला वर्षहरुमा एकै पटक ठूलो संख्यामा कन्टेनर नियन्त्रणमा लिएको सम्भवतः यो पहिलो पटक हो ।

एक आयातकर्ताले भने आफ्नो नाम नलेख्ने सर्तमा राजस्वले व्यवसायीलाई दुःख दिने नियत राखेको आरोप लगाएका छन् । मुलुकमा आर्थिक मन्दी भएका बेला एकै पटक धेरै कन्टेनर नियन्त्रणमा लिएर व्यवासायीलाई दुःख दिएको ती आयातकर्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij