ई–आर्थिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सरकारबाट बाहिरिएसँगै सो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष उनीहरुले राजीनामा बुझाएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले पदबाट राजीनामा दिएका हुन् ।
आजै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टीको निर्णयपछि मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका हुन् । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै रहने रास्वपाले जनाएको छ ।