२०८३ साउन १० आइतबार

अवैध क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गृह मन्त्रालयको परिपत्र

ई आर्थिक    बुधबार, पौस २० २०७९
8.3K
Shares
अवैध क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गृह मन्त्रालयको परिपत्र

काठमाडौं । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

प्रचलित कानून विपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ ।

परिपत्रमा उल्लेख छ, ‘कानून विपरीत दर्ता नगरी तथा नविकरण लगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्ने ।’निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात पनि उत्खनन्ग गरिरहेको भए छानबिन गरी तत्काल बन्द गर्न समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij