नियम विपरित लिएको रकम सबैभन्दा बढी एनआईसीको ४८ करोड
ई–आर्थिक, काठमाडौं । ग्राहकबाट नियम विपरित लिएको बैंकहरूले साढे ४ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल राष्ट्र बैंकले ग्राहकबाट नियमविपरित लिएको प्रिमियम र ब्याज रकम फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरुले फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन ।
कृषि विकास बैंक बाहेकका २५ वाणिज्य बैंकले मात्रै ग्राहकबाट नियम विपरित असुल गरेको रकम ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
यो सूचीको पहिलो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । उसले ४८ करोड रुपैयाँ फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकले ४७ करोड र तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टड बैंकको ४० लाख रुपैयाँ मात्रै रकम फिर्ता गर्नुपर्ने देखिएको छ ।
बैंकहरूले नियम विपरित बढाएको प्रिमिय वापतको फिर्ता गर्नुपर्ने रकम ४ अर्ब ६६ करोड रुपैयाँ रहेको बताएको छ । बैंकहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट उक्त रकम खर्च लेखिसकेका छन् । त्यसै अनुसार उनीहरूले उक्त रकम फिर्ता गर्ने प्रतिवद्धता गरेका हुन् ।