ई–आर्थिक, काठमाडौं । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले स्थापनाको छोटो अवधिमै आफ्नो संगठन विस्तारलाई देशव्यापी बनाउदै लगेको छ ।
आयुर्बेदसँग सम्बन्धितको हक हित र बृद्धि विकासका लागि स्थापना भएको त्यस क्षेत्रको छाता संस्थाले पछिल्लो समयमा थप ९ जिल्लामा संगठन विस्तार गरेको गरेको छ । रानका अनुसार साबिक धौलागिरी अञ्चल हाल गण्डकी प्रदेश अन्तर्गत ४ जिल्ला बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङको प्रथम जिल्ला भेला एकसाथ सम्पन्न भएको छ ।
रान गण्डकी प्रदेशको आयोजनामा बाग्लुङ स्थित धौलागिरी आयुर्वेद औषधालयको सभाहलमा ४ जिल्ला बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाको प्रथम भेला सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि डा । सरोज कुमार रायले आयुर्वेद क्षेत्रका हरेक तह तप्कामा समस्या नै समस्या रहेकाले सो को समाधानका निम्ति स्वार्थ भन्दा माथी उठेर केन्द्रिय स्तरमा बृहत छलफल, सहकार्य गरी सम्बन्धित निकायलाई झकझक्याउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । उहाँले आयुर्वेद चिकित्सा शिक्षामा नैराश्यपन रहेकाले यसलाइ हटाउन रान लागायत सबै आयुर्वेद सस्था जाग्न सुल्झाउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथी एबम जिल्ला आयुर्वेद स्वास्थकेन्द्र पर्वतका नि।कार्यलय प्रमूख डा। राम कृष्ण भुजेल ले आयुर्वेदका सबै क्षेत्रका कार्य एक कदम अगाडि बढेर गर्न रान लाई सुल्झाउनु बहएको छ ।

रान केन्द्रिय वरिष्ठ उपाध्यक्ष कृष्ण राउतले केन्द्र महाधिवेशन माघ २८ काठमाडौ हुने भएको र त्यस क्रममा आयुर्वेदा अमृता नामको पुस्तक प्रकाशन गर्ने तयारी रहेको जानकारी दिनुहुदै सातै प्रदेस मध्ये ६ प्रदेशमा प्रदेश संयोजक तोकेको, गण्डकी प्रदेशमा कार्यसमिति चयन भैसकेको । त्यसैगरी जिल्ला तर्फ प्रदेश १ मा ५ जिल्ला बाग्मती प्रदेश मा १ जिल्ला गण्डकी प्रदेश मा ९ जिल्ला र लुम्बिनी प्रदेश मा ५ जिल्ला गठन भैसकेको बताउनु भयो । साथै जिल्ला सम्योजकहरु ४० जिल्लामा तोकिसकिएको पनि उहाँले बताउनु भयो ।
रान गण्डकी प्रदेश अध्यक्ष एबम प्रथम भेला कार्यक्रमका अध्यक्ष डा. पि. के. मिश्रले ४ वटै जिल्लाका रान जिल्ला कार्यसमिति टिमलाइ बधाई दिंदै आयुर्वेदलाई चिनाउने कार्य गर्न डे वान देखि खट्न निर्देशन दिनुभएको छ ।
हरि पौडेलले संचालन एबम स्वागत मन्तव्य गण्डकी प्रदेश उपाध्यक्ष डा. प्रफुल्ल चन्द्र यादवले दिनुभएको कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष डा. शुसिला पुन, डा. कमल बिक्रम पौडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्यादीका नि. कार्यलय प्रमुख दामोदर शर्मा, रान गण्डकी प्रदेश कोषाध्यक्ष सुनिता पौडेल, चन्द्र प्रसाद आचार्य, कृष्ण प्रसाद खनाल, एकराज ढुङ्गाना, बिशुराम तिमिल्सिना, मन्जु के.सी., आयुर्वेद चिकित्सक अध्ययनरत दिवाकर सापकोटा लागायतको आयुर्वेद कर्मिको उपस्थिति रहेको रहेको थियो । सो भेलाले ४ जिल्लामा रान गठन पनि गरेको छ ।
कुन जिल्लामा को–को ?
बाग्लुङ जिल्ला कार्यसिमित
अध्यक्ष : हरि पौडेल
उपाध्यक्ष : एक राज ढुङ्गाना
सचिव : विशुराम तिमिल्सिना
कोषाध्यक्ष : मोनिका चौधरी
सदस्य : आनंद श्रेष्ठ
सल्लाहकार
डा. लक्ष्मीप्रसाद शर्मा
डा. कमल बिक्रम पौडेल
पर्वत जिल्ला कार्यसिमित
अध्यक्ष : प्रकाश चन्द्र सुवेदी
उपाध्यक्ष : कृष्ण प्रसाद खनाल
सचिव : मन्जु के. सी.
कोषाध्यक्ष : दिनेश आले
सदस्य : द्रोणा गिरि
सल्लाहकार
डा. राम कृष्ण भुजेल
म्याग्दी जिल्ला कार्यसिमित
अध्यक्ष : प्रेम प्रसाद गौतम
उपाध्यक्ष : सुवास परियार
सचिव : सागर कुमार खड्का
कोषाध्यक्ष : गङ्गा देवि शर्मा
सदस्य : विनोद कुमार यादव
सदस्य : सन्जय कुमार यादव
सदस्य : नर बहादुर रोक्का
सल्लाहकार
लक्ष्मण शर्मा चालिसे
दामोदर शर्मा
मुस्ताङ जिल्ला कार्यसिमित
अध्यक्ष : जनार्दन आर्चाय
उपाध्यक्ष : राम प्रसाद रेग्मी
सचिव : निशा चौधरी
कोषाध्यक्ष : कमला बलायर
सदस्य : शैलेश दहित
सदस्य : शम्शेर थारु
सदस्य : शारदा आचार्य
सल्लाहकार
डा. कमल राज अधिकारी
डा. किष्टिना गणेश
रान बझाङ अध्यक्षमा धर्बिन्द्र बहादुर सार्की चयन

त्यसैगरी राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को सुदुरपश्चिम प्रदेश अन्तरगत बझाङ जिल्लाको प्रथम भेला सस्थाका बझाङ जिल्ला संयोजक धर्बिन्द्र बहादुर सार्कीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेशको जिल्ला आयुर्बेद स्वास्थ केन्द्र बझाङमा बसेको रान बझाङ जिल्लाको प्रथम भेलाले बझाङ जिल्लामा ११ सदस्य रहेको बझाङ जिल्ला उपसाखा कार्यसमिति, चार सदस्य सल्लाहकार र दुई सदस्य रहेको बझाङ जिल्ला तदर्थ उपसमिति समेत चयन गरेको छ । बझाङ जिल्लामा संस्थाको जिल्ला उपसाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । साथै यही माघ २८ गते काठमाडौमा हुने संस्थाको केन्द्रिय महाधिवेशनमा सक्रियरुपमा सहभागी भई भब्यरुपमा सफल बनाउने निर्णय गरेको छ ।
रान बझाङमा को–को ?
अध्यक्ष : धर्बिन्द्र बहादुर सार्की
उपाध्यक्ष : सरोज भारती
सचिब : मोहन धामी
कोषाध्यक्ष : तुल्क्षी सार्की
सदस्य : रोहित बिस्ट
सदस्य : प्रकाश बिस्ट
सदस्य : कबिता सिंह
सदस्य : उमाकान्त जोशी
सदस्य : धनसरा कठायत
सदस्य : सुरेश बोहोरा
सदस्य : मान बहादुर जठोरा
सल्लाहकार : मिनराज पुरी
सल्लाहकार : गणेश यादब
सल्लाहकार : कृष्ण कठायत
सल्लाहकार : भगवान साह
उपसमिती
सदस्य : लक्ष्मी खड्का
सदस्य : ज्ञाना पुरी
रान नवलपरासी जिल्लाको प्रथम भेला सम्पन्न, अध्यक्षमा दिन बन्धु मिश्रा चयन

त्यस्तै राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल रानको लुम्बिनी प्रदेश अन्तरगत नवलपरासी जिल्लाको प्रथम भेला संस्थाका नवलपरासी जिल्ला संयोजक दिन बन्धु मिश्राको अध्यक्षतामा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशको रामग्राम नगरपालिका नवलपरासीमा बसेको रान नवलपरासि जिल्लाको प्रथम भेलाले नवलपरासी जिल्लामा एघार सदस्य रहेको नवलपरारी जिल्ला उपसाखा कार्यसमिती र एक जना सल्लाहकार चयन गरेको छ ।
नवलपरासी जिल्लामा सस्थाको जिल्ला उपशाखा कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ । काठमाडौंमा हुने संस्थाको केन्द्रिय महाधिबेशनमा सक्रिय रुपमा सहभागी भै भब्य रुपमा सफल बनाउने निर्णय गरेको छ ।
रान नवलपरासीमा को–को ?
अध्यक्ष : दिन बन्धु मिश्रा
उपाध्यक्ष : स्मृती मिश्रा
सचिब : राम एकवाल यादप
कोषाध्यक्ष : सन्तोष काहार
सदस्य : बलराम सुवेदी
सदस्य : धर्मेन्द्र खनाल
सदस्य : नागेन्द्र यादब
सदस्य : केशब राज ज्ञवाली
सदस्य : मित्रमणी भुपाल
सदस्य : मनिशा चौधरी
सदस्य : मनोज कुमार पाण्डे
सल्लाहकार : डा. अर्चना सुक्ला
रान आछाम जिल्लाको प्रथम भेला सम्पन्न, अध्यक्षमा करबिर सिंह कोट्टारी चयन

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालको सुदुरपश्चिम प्रदेश अन्तरगत अछाम जिल्लाको प्रथम भेला सस्थाका अछाम जिल्ला संयोजक करबिर सिंह कोट्टारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
जिल्ला आयुर्बेद स्वास्थ केन्द्र मंगलसेन मा बसेको रान अछाम जिल्लाको प्रथम भेलाले अछाम जिल्लामा सस्थाको कार्यालय स्थापना गर्नुका साथै यही आउने माघ २८ गते काठमाडौंमा हुने संस्थाको केन्द्रिय महाधिबेशनमा सक्रियरुपमा सहभागी भै सफल बनाउने निर्णय गरेको छ ।
११ सदस्यीय रान अछाममा को–को ?
अध्यक्ष : करबिर सिंह कोट्टारी
उपाध्यक्ष : नबिना राउत
सचिब : रमेश साउद
कोषाध्यक्ष : रमिला बिष्ट
सदस्य : प्रमोद घर्ती मगर
सदस्य : प्रकाश साह
सदस्य : लोकेन्द्र बुढा
सदस्य : सपना बि क
सदस्य : लक्ष्मण अबस्थी
सदस्य : हिमानी बुढा
सदस्य : हिक्मत टमट्टा
रान नवलपुर जिल्लाको तदर्थ समिती गठन, अध्यक्षमा कुम नारायण महतो चयन

त्यस्तै राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) गण्डकी प्रदेश अन्तर्गत नवलपुर जिल्लामा सस्थाले नवलपुर जिल्ला तदर्थ कमिटी गठन गरेकोछ ।
सस्थाका नवलपुर जिल्ला संयोजक कुमनारायण महतो थारुको अध्यक्षतामा बसेको नवलपुर जिल्लाको प्रथम भेलाले नवलपुरमा जिल्ला उपसाखा तदर्थ समिति गठन गर्नुका साथै नवलपुर जिल्लामा सस्थाको जिल्ला उपसाखा कार्यालय स्थापना गर्ने र यही माघ २८ गते काठमाडौंमा हुने संस्थाको प्रथम महाधिवेशनमा सक्रियरुपमा सहभागी जनाएर सफल बनाउने निर्णय गरेको छ ।
रान नवलपुरमा को–को ?
अध्यक्ष : कुम नारायण महत्तो थारु
उपाध्यक्ष : डी. बी. कुमाल
सचिव : दिपक कँडेल
कोषाध्यक्ष : कान्ति गिरि
सदस्य : पवन न्यौपाने
सल्लाहकार : डा. सुजता शर्मा
रानको अर्घाखाँची जिल्लाको प्रथम भेला सम्पन्न, अध्यक्षमा तिलक जङ जनैदार चयन

त्यसैगरी राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को लुम्बिनी प्रदेश अन्तरगत अर्घाखाँची जिल्लाको प्रथम भेला सस्थाका अर्घाखाँची जिल्ला संयोजग तिलक जङ जनैदारको अध्यक्षतामा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा बसेको राख अर्घाखाँची जिल्लाको प्रथम भेलाले अर्घाखाँची जिल्लामा सात सदस्य रहेको अर्घाखाँची जिल्ला उपसाखा कार्यसमिती र दुई जन आयुर्बेद क्षेत्रका अग्रजहरुलाई सल्लाहकारमा चयन गर्नुका साथै यही माघ २८ गते काठमाडौंमा हुने संस्थाको केन्द्रिय महाधिबेशनमा सक्रिय रुपमा सहभागी भै सफल बनाउने निर्णय गरेको पनि छ ।
रान अर्घाखाँचीमा को–को ?
अध्यक्ष : तिलक जङ जनैदार
उपाध्यक्ष : डा. अनिता भुसाल
सचिब : पशुपती पन्थी
कोषाध्यक्ष : टेकनाथ भुसाल
सदस्य : तिला डाङ्गी
सदस्य : ऋषिराम आचार्य
सदस्य : पन्च कुमारी थारु
सल्लाहकार : कमल प्रसाद आचार्य
सल्लाहकार : नारायण प्रसाद पन्थी
नवगठित सबै जिल्लाका कार्यसमितिलाई रान केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष जगत बहादुर भट्टराईले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।