२०८३ साउन ११ सोमबार

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालको कपिलबस्तु जिल्लाको प्रथम भेला सम्पन्न, हरिलाल पाध्यायको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति

ई आर्थिक    मंगलबार, कार्तिक २९ २०७९
16.8K
Shares
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालको कपिलबस्तु जिल्लाको प्रथम भेला सम्पन्न, हरिलाल पाध्यायको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को कपिलबस्तुको जिल्ला भेला सम्पन्न भएको छ । कपिलबस्तु जिल्ला संयोजक दिपक पन्थीको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा ३० जना भन्दा बढी आयुर्बेद क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कपिलबस्तु जिल्ला आयुर्बेदका प्रमुख डा. नलिननाथ तिवारीले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल सबैको साझा सस्था भएकोले सबैजना आबद्ध हुनु पर्ने र रानले आयुर्बेद क्षेत्रको बिकासमा अतुलनिय योगदान पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।

सबै संगठनहरूले सुरुवाती समयमा राम्रै बिषय उठान गरे पनि बिस्तारै बिस्तारै कार्य प्रगतिमा ह्रास आएको बिगतमा देखिएको हुँदा यस संगठनले त्यस्तो नगर्न समेत उहाँले सुझाब दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि रानका केन्द्रीय उपाध्यक्ष (लुम्बिनीं प्रदेश) शालिक राम भुसालले संस्थाको बारेमा बिस्तृत रुपमा बताउनुभएको थियो । कार्यक्रममा उहाँले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल आयुर्बेद क्षेत्रको एकीकृत सस्था रहेको र सबैको हक अधिकारको लागि आवाज बुलन्द गर्न स्थापना भएको बताउनु भयो आयुर्बेद क्षेत्रको विकासमा संस्थाले कुनै पनि ब्यक्तिगत स्वार्थ नराखी अगाडी बढने उहाँले बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथी लुम्बिनी आयुर्बेद चिकित्सालयका बरिष्ठ कबिराज नरहरी अर्यालले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालले आयुर्बेद का समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताउनुभयो । रानले स्थापनाको छोटो समयमा गरेको गतिविधिहरू देखेर आयुर्बेद क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने आशा आयुर्बेद क्षेत्रमा सुरु हुन थालेको उहाँले बताउनुभयो । राष्ट्रिय आयुर्बेद एशोसिएसन आयुर्बेदका सबै क्षेत्रलाई समेट्ने मुख्य उद्देश्यका साथ स्थापना भएको उहाँको

भनाइ थियो ।

राष्ट्र र जनताका लागि पेशागत वृद्धि विकास तथा उच्च स्तरिय सेवा प्रवाहका लागि आयुर्बेद क्षेत्र एकजुट हुनुपर्ने आजको आबश्यकता रहेको उहाँले बताउनु भयो ।

कार्यक्रमको सञ्चाललन श्री हरिलाल पाध्यायले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाइ स्वागत सम्मान डा. नागेश्वोर मिश्रले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा रेखा सुक्ला, सुधा दुबेधि, नाथुराम चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कपिलवस्तु जिल्लामा भएको आयुर्बेद क्षेत्रको प्रथम भेलाले कपिलबस्तु जिल्लामा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को जिल्ला उप–शाखा कार्यालय स्थापना गर्ने निर्णय गर्नुका साथै कपिलवस्तु जिल्लाको जिल्ला उपसाखा तदर्थ समिति समेत चयन गरेको छ ।

तेस्तै रानको कपिलबस्तु जिल्लाको प्रथम बैठकबाट कपिलबस्तु जिल्लामा ६ जना आयुर्बेद क्षेत्रका अग्रजहरूलाई सल्लाहकारमा चयन गरेको छ ।

रानका केन्द्रीय अध्यक्ष जगतबहादुर भट्टराईले नवगठित नयाँ कार्यसमिति र सल्लाहकारहरूबाट रानको उद्देश्य पुरा गर्न महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो । नवगठित कार्यसमितिलाई केन्द्रीय कार्यसमितिको तर्फबाट बधाई दिंदै उहाँले समग्र आयुर्बेद क्षेत्रको विकास र विस्तारमा सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।

रानको कपिलबस्तु जिल्लाको कार्यसमितिमा को–को ?

अध्यक्ष : हरिलाल पाध्याय
उपाध्यक्ष : डा. बिजय चौधरी
महिला उपाध्यक्ष : सुधा दुबेधी
सचिव : डा. आशिष कुमार चौधरी
सहसचिब : दुर्गा गिरी
कोषाध्यक्ष : शिव गैरे
सदस्य : डा. रुपक चौधरी
सदस्य : दिनेश थारु
सदस्य : डा. सुरज पाण्डे
सदस्य : डा. नागेस्वर मिश्र
सदस्य : अनुशा घिमिरे
सदस्य : अन्जु श्रीवास्तब
सदस्य : रेखा सुक्ला
सदस्य : सुधाकर त्रिपाठी
सदस्य : शिव प्रकाश चौधरी

सल्लाहकारहरू

डा. नलिननाथ तिवारी
डा. धर्मराज अधिकारी
दिपक पन्थी
मोहन गौतम
मोति घिमिरे
नाथुराम थारु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij