ई–आर्थिक, काठमाडौं । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)ले विभिन्न जिल्लामा भेलाहरु सम्पन्न गरेको छ । एशोसिएसनको मोरङ, तनहुँ, गोरखा, लमजुङ र मनाङको जिल्ला भेला सम्पन्न भएको हो । सबै जिल्लाको प्रथम भेलाले तदर्थ कार्यसमिति पनि चयन गरेको छ ।
गण्डकी प्रदेश अध्यक्ष डा. प्रेम किशोर मिश्रको अध्यक्षता एबम गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ आयुर्वेद चिकित्सक डा. नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा एकसाथ सम्पन्न भेलाले तनहुँ, गोरखा, लम्जुङ र मनाङमा तदर्थ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ आयुर्वेद चिकित्सक डा. नारायण श्रेष्ठले रानले छोटो समयमा रचनात्मक कार्यहरु पस्किरहेको देख्दा केही गर्छ कि भन्ने आशा जाग्न थालेको बताउनुभयो । उहाँले संंस्था राजनीतिकरहित विशुद्ध आयुर्वेद पद्धतिको विकास र बिस्तारमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । आयुर्वेद पद्दतीको विकास र विस्तारका कार्यहरू गर्न धेरै नै बाँकी रहेकाले सो कार्यका लागि रानले दवाबपूर्ण कार्यक्रम पस्कन सुल्झाउनु भएको छ ।
कार्यक्रमको समापन गर्नुहुदै रान गण्डकी प्रदेशका अध्यक्ष प्रेम किशोर मिश्रले रानको केन्द्रीय महाधिवेशन माघ २८ गते काठमाडौंमा हुने भएको र यथाशीघ्र गण्डकी प्रदेशका सबै जिल्लाहरूको अधिवेशन सम्पन्न गर्न केन्द्रको निर्देशन अनुसार गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की, तनहुँ, गोरखा, लम्जुङ र मनाङ ५ जिल्ला कार्यसमिति बनिसकेको बताउनु हुँदै नवलपुर, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्ला कार्यसमिति १५ दिन भित्र रान गण्डकी प्रदेश कमिटिले सम्पन्न गर्ने जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन गण्डकी प्रदेश सचीव नेत्रबहादुर भुजेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य तनहुँ जिल्ला संयोजक रविन धितालले दिनुभएको कार्यक्रममा कास्की जिल्ला अध्यक्ष डा. सुरेश पुर्वे, कास्की जिल्ला सचीव डा. शेरबहादुर थापा, गण्डकी प्रदेश सदस्य प्रेम सुवास थापा, लम्जुङ जिल्ला संयोजक केशब बरालले आयुर्वेदकर्मीहरूको एकता र साझा संस्था रान भएको र आयुर्वेदको विकासका निम्ति रान सदैव सकृय रहने कुरामा जोड दिनुभएको थियो ।
त्यसैगरी रानको मोरङ्ग जिल्ला सह–संयोजक जमुना सुबेदीको अध्यक्षतामा मोरङ्ग जिल्लाको प्रथम भेला सम्पन्न भएको छ ।
सो भेला कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका सस्थापक अध्यक्ष जगतबहादुर भट्टराईले अब सबै आयुर्बेदकर्मीले कुनै पनि स्वार्थ भेदभाब र राजनीति नगरी नितान्त आयुर्बेद क्षेत्रको बिकासको लागि लाग्नु पर्ने बताउनु भयो । उहाँले आयुर्बेद क्षेत्रको अधिकारका लागि जस्तो सुकै आन्दोलन गर्नु परे पनि पछि नहटने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी स्वार्थी बन्नु हुदैन । आयुर्बेद चिकित्सक, स्वास्थकर्मी, ब्यबसायी , उत्पादक सबैको अधिकारका लागि हामी एकजुट हुनुपर्छ ।’ फुटेर हैन हामी सबै आयुर्वेदकर्मीहरु जुटेर आयुर्बेदको अधिकार स्थापित गर्न सकिने भएकोले सबैलाई जुटाउन आफू पूर्ण समय संस्थामा समय प्रदान गरिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा आयुर्बेद स्वास्थकर्मी समाज प्रदेश १ का उपाध्यक्ष यज्ञबहादुर मल्लले आयुर्बेदको हक अधिकार स्थापित गराउन संस्थालाई जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयुर्बेद स्वास्थकर्मी समाजका मोरङ्ग जिल्ला अध्यक्ष गङ्गा साहले सही समयमा सही संस्थाको स्थापना भएकोले आफुले जस्तो सुकै सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अग्रज आयुर्बेद औषधि ब्यबसायी उदिप मिश्रले यो संस्था सबै भन्दा उत्तम र दर्ता रहेको संस्था भएको बताउदै यो सस्थाले सरकारलार्इ हल्लाउन सक्ने र सबैलाइ तह लगाउन सक्ने बताउनुभयो । आयुर्बेद क्षेत्रको विकास विस्तारका लागि स्थापित रानलाई सबै जना मिलेर मलजल गर्नु पर्ने उहाँको भनार्इ थियो ।
कार्यक्रममा बोल्दै अग्रज आयुर्बेद औषधि ब्यबसायी नर बहादुर राईले आयुर्बेद औषधिको फाइदाको बारेमा प्रकाश पार्नुभयो ।

उहाँले कस्तो कस्तो रोगमा कस्तो औषधि चलाउने भन्ने ज्ञान समेत सबैमा प्रदान गर्नु भयो । आयुर्बेदको ईतिहासको बारेमा समेत उहाँले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गुरुकुल आयुर्बेदका बैध केदार बस्नेतले आयुर्बेद औषधि कम्पनीहरुले गुणस्तरहिन औषधि उत्पादन गरेका कारण आयुर्बेद चिकित्सक कबिराज र बैधहरूको बदनाम भएको बताउनुभयो । उहाँले आयुर्बेद चिकित्सा पद्दतीलाई जोगाउन आयुर्बेद औषधि उत्पादकहरूले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल सुनसरी जिल्ला अध्यक्ष मनमाया रोका (बस्नेत)ले आफूहरु संंंस्थाको माध्यमबाट आयुर्बेद क्षेत्रको बिकाशमा लागि सकेको बताउदै सबैजनालाइ संस्थामा जोडिन आग्रह गर्नु भयो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष (प्रदेश १) ओमराज लिम्बूले गर्नुभएको थियो ।
कार्यक्रम संयोजक जमुना सुवेदीले मोरङ्ग जिल्लाको प्रथम भेला सम्पन्न गर्न उपस्थित भै दिनु हुने सम्पुर्ण सहभागीहरुलार्इ स्वागत अनि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
मोरङ्ग जिल्लामा भएको आयुर्बेद क्षेत्रको प्रथम भेलाले मोरङ्ग जिल्लामा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालको जिल्ला उप–शाखा कार्यालय स्थापना गर्ने निर्णय गर्नुका साथै मोरङ जिल्लाको जिल्ला उपशाखा तदर्थ समिती समेत चयन गरेको छ ।
कुन जिल्लामा को–को ?
रान तनहुँ जिल्ला कार्यसमिति
अध्यक्ष : रबिन धिताल
उपाध्यक्ष : योसदा चन्द
सचिब : शेर बहादुर राना
कोषाध्यक्ष : सरिता पौडेल
सदस्य : राज थापा
रान गोरखा जिल्ला कार्यसमिति
अध्यक्ष : अयोध्या जोशी
उपाध्यक्ष : वसन्त घिमिरे
सचिव : रविकिरण श्रेष्ठ
कोषाध्यक्ष : जीवन रेग्मी
सदस्य : विष्णु प्रसाद रेग्मी
गण्डकी प्रदेश सदस्य : जीवन कुमार श्रेष्ठ
रान लम्जुङ जिल्ला कार्यसमिति
अध्यक्ष : केशव बराल
उपाध्यक्ष : राम शरण ढुंगाना
सचिव : बलाराम घिमिरे
कोषाध्यक्ष : सुमन घिमिरे
सदस्य : कार्यसमितिले चयन गर्ने
रान मनाङ जिल्ला कार्यसमिति
अध्यक्ष : ज्ञानेन्द्र प्रसाद पौडेल
उपाध्यक्ष : राम पुजन ठाकुर
सचिव : रिकु महत्तो
कोषाध्यक्ष : बसन्त पुजारा
सदस्य : सन्जय मण्डल
सदस्य : नवीन कोटरी
रान मोरङ जिल्ला कार्यसमिति
अध्यक्ष : लक्ष्मी राई मल्ल
उपाध्यक्ष : जमुना सुवेदी
सचिब : देब नारायण साह
कोषाध्यक्ष : अम्बिका घिमिरे
सदस्य : यज्ञ बहादुर मल्ल
सल्लाहकार
उदय मिश्र
नर बहादुर राई
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को तनहु, लमजुङ, गोरखा, मनाङ र मोरङ जिल्ला तदर्थ समितिमा चयन हुनुहुने सम्पुर्ण रान टिमसहित आयुर्बेद क्षेत्रका विद्वान सल्लाहकारहरुलाई रान केन्द्रीय कार्यसमिति परिवार हार्दिक बधाई एबम् सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ ।
रानको उद्देश्य पुरा गर्ने कार्यमा सबै नयाँ कार्यसमिति सहयोगी हुने विश्वास रानका केन्द्रीय अध्यक्ष जगत बहादुर भट्टराईले लिनुभयो ।
यसैबीच राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को मधेश प्रदेश अन्तर्गत विभिन्न जिल्लामा संयोजक तोकिएका छन् । रानको रौतहट जिल्ला संयोजकमा डा. रत्नेश्वरप्रसाद यादब, महोत्तरी जिल्ला संयोजकमा प्रशान्त कुमार गुप्ता र सर्लाही जिल्ला संयोजकमा डा. सुरज झा चयन हुनुभएको छ ।
तीनै जिल्लाका संयोजहरुलाई रान केन्द्रीय कार्यसमिति परिवारको तर्फबाट अध्यक्ष भट्टराईले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।