२०८३ साउन १० आइतबार

ब्याज वृद्धिको विरोधमा काठमाडौंका उद्योगी व्यवसायी माइतीघरमा जम्मा हुँदै

ई आर्थिक    बिहिबार, कार्तिक १७ २०७९
11.7K
Shares
ब्याज वृद्धिको विरोधमा काठमाडौंका उद्योगी व्यवसायी माइतीघरमा जम्मा हुँदै

ई–आर्थिक, काठमाडौं । ब्याज बृद्धिको विरोधमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शुक्रबार विरोध कार्यक्रम गर्ने भएको छ ।

संघले विहीबार एक विज्ञप्ती जारी गर्दै उपत्यकाभित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत संघहरुको संयुक्त आह्वानमा शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म माइतिघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम गर्ने जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संघ संस्थाहरुले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने गरी ब्याज वृद्धि गरेको विरोधमा संघले कार्यक्रम गर्न लागेको हो ।

‘बैंक तथा वित्तीय संघ संस्थाहरुले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने व्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुविरुद्ध राज्यलाई सचेत गराउन तथा नियामक निकायबाट यी अनुपयुक्त कदमहरुको यथाशक्य चाँडो सम्बोधन होस् भनि ध्यानाकर्षण गराउन विरोध कार्यक्रम गर्न लागिएको छ’– उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij