२०८३ साउन १० आइतबार

‘मास्टर जब’ म्यानपावर कम्पनीलाई विभागको कारबाही, मागपत्र प्रमाणीकरण नगरी टर्कीमा रोजगारी दिने भन्दै श्रमिकसँग अन्तर्वार्ता लिएको आरोप

ई आर्थिक    मंगलबार, कार्तिक १५ २०७९
7.6K
Shares
‘मास्टर जब’ म्यानपावर कम्पनीलाई विभागको कारबाही, मागपत्र प्रमाणीकरण नगरी टर्कीमा रोजगारी दिने भन्दै श्रमिकसँग अन्तर्वार्ता लिएको आरोप

ई–आर्थिक, काठमाडौं । वैदेशिक रोजगार विभागले मास्टर जब नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ । मागपत्र प्रमाणीकरण नगरी टर्कीमा रोजगारी दिने भन्दै श्रमिकसँग अन्तर्वार्ता लिएको विषयमा मास्टर जबलाई कारवाही गरेको हो ।

उक्त म्यानपावर कम्पनीले टर्कीमा ‘हेभी ड्राइभर’मा ३० जना पठाउने भन्दै अन्तर्वार्ता लिएको अवस्थामा विभागको आकस्मिक अनुुगमन टोलीले भेटेपछि कम्पनी बन्द गरेर कारबाही गरेको हो ।

विभागमा आएको सूचनाका आधारमा आकस्मिक टोलीले उक्त कम्पनीमा अनुुगमन गरेको थियो । विभागका अनुसार विभागको अनुुगमन टोलीले अनुुगमनका क्रममा टर्कीमा ‘हेभी ड्राइभर’का लागि छनोट भएका ३० जना श्रमिकलाई ‘ट्रायल’ गराइरहेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij