ई–आर्थिक, काठमाडौं । आयुर्बेद क्षेत्रका सबैको हक अधिकारका लागि स्थापना भएको केन्द्रीय छाता संस्था राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)ले वितेको केही समय भित्र विविध कार्यक्रम सम्पन्न गरेको छ ।
आयुर्बेदसँग सम्बन्धित सबैको अधिकारका लागि एकिकृत आवाजलाई बुलन्द पार्ने उद्देश्यसहित स्थापना भएको रानले धन्वोन्तरी जयन्ती एबम आरोग्यता दिबसको अबसर पारेर देशै भर बिबिध कार्यक्रम सम्पन्न गरेको हो ।
रानले स्थापनाको छोटो समयमै आफ्नो देशभर विविध कार्यक्रमको आयोजना गरेर आफ्नो सक्रियतालाई प्रमाणित गरेको छ । देशव्यापीरुपमा गरिएको व्यापक कार्यक्रमहरुले रानका सदस्य तथा आयुर्बेद क्षेत्र उत्साहित भएको छ ।
कहाँ के–के कार्यक्रम सम्पन्न भए ?
सामाजिक कामसँगै आयुर्बेद को प्रचारप्रसारमा रान

आयुर्बेद क्षेत्रको एकीकृत सस्था राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)ले ‘स्वास्थ्य र समृद्धिको आधार, आयुर्बेद क्षेत्रको बिकास र बिस्तार’ भन्ने मुल प्रचार वाक्य सहित रानले आयुर्बेद क्षेत्रको उत्थानका लागि देशै भर सामाजिक काम सगै धन्वोन्तरी जयन्ती मनाएको हो ।
रानले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं कोटेश्वरमा धन्वोन्तरीको पुजाआजा सम्पन्न गरेको छ ।
देशैभर निःशुल्क स्वास्थ जाँच एवम् औषधीमा बिशेष छुट

रानले सस्थामा आबद्ध सम्पुर्णमा धन्वोन्तरी जयन्तिको दिन देशैभर बिरामिको निःशुल्क स्वास्थ्य परिक्षण एबम औषधिमा बिशेष छुट दिन आह्वान गरेको थियो ।
धन्वोन्तरी जयन्तिको अबसरमा रानका महासचिब हृदयनारायण चौधरीले देशैभर रहेका अष्टाङ आयुर्बेद हस्पिटलका पाचवटै शाखाबाट निःशुल्क स्वास्थ्य परिक्षण, निःशुल्क थेरापी सेवा, ल्याबमा ५० प्रतिशत छुटका साथै औषधिमा १० प्रतिशत छुट प्रदान गरिएको थियो । त्यस्तै रानमा आवद्ध सबै सदस्यहरुले बिरामीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधीमा बिशेष छुट दिइएको थियो ।

चितवन जिल्ला प्रथम भेला सम्पन्न
धन्वोन्तरी जयन्तिकै बिशेष दिन पारेर रानले बाग्मती प्रदेश अन्तरगतको चितवन जिल्ला प्रथम भेला सम्पन्न गरेको छ ।

प्रथम भेलाबाट कृष्णबहादुर बुढाथोकीको अध्यक्षतामा निम्न बमोजिमको नौ सदस्य रहेको चितवन जिल्ला उपसाखा तदर्थ समिती समेत निर्माण गरेको छ । जसको उपाध्यक्षमा डा. यान्थस बुढाथोकी रहेका छन् ।

त्यस्तै सचिबमा लक्ष्मण जि.सी. रहेका छन् भने कोषाध्यक्षमा डिल्लीराम सुवेदी रहेका छन् । त्यसैगरी सदस्यहरुमा गोपाल प्रसाद आचार्य, दिपक गुरुङ, कमल सिग्देल, माधव लोहनी, रुवी कुमारी चौधरी सहनी रहेका छन् ।
गण्डकी प्रदेशमा खुल्ला रक्तदान

त्यस्तैगरी रानको गण्डकी प्रदेश टिमद्वारा गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको गण्डकी प्रदेश अध्यक्ष डा. प्रेम किशोर मिश्राले जानकारी गराउनु भएको छ ।
धन्वोन्तरी जयन्तिको अबसर पारेर गण्डकी प्रदेश उपाध्यक्ष डा. प्रफुल्ल चन्द्र यादबको संयोजकत्वमा पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो पोखरामा रगतको अभाब हुन थाले पछि रानले रेडक्रस पोखराको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा आयुर्बेद उधोगी, ब्यबसायी,चिकित्सक,स्वास्थकर्मी र समाजसेवीहरू गरी जम्मा ४५ जना ब्यक्तित्वहरुबाट रक्तदान गरिएको जानकारी प्राप्त भएको छ ।

सुदुरपश्चिम प्रदेशमा पुजा आराधाना
त्यसैगरी रानले सुदुरपश्चिम प्रदेशमा पनि धन्वन्तरी भगवानको पुजा आराधना गरेर आरोग्यता दिबस मनाएको छ ।

लुम्बिनी प्रदेशमा बिबिध कार्यक्रममा सामेल
त्यस्तै लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला रानले पनि लुम्बिनी प्रदेश आयुर्बेदालयमा भेला भएर बिबिध कार्यक्रम सहित आरोग्यता दिबस मनाएको जानकारी प्राप्त भएको छ ।

बृद्धबृद्धाहरुलाई निःशुल्क स्वास्थ्य परिक्षणका साथै औषधी वितरण
त्यसैगरी राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को केन्द्रय कार्यालयले १ नम्बर प्रदेशमा रहेको कृष्ण मुक्तिधाम मन्दिर इटहरी सुनसरीमा पुजा आजा गर्नुका साथै मन्दिरमा रहनु हुने झन्डै ६० जना बृद्धबृद्धाहरुको निःशुल्क सुगर परीक्षण, बिशेषज्ञ आयुर्बेद चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क आयुर्बेदिक औषधि बितरण गरेको जानकारी केन्द्रीय उपाध्यक्ष ओम राज लिम्बू (१ नम्बर प्रदेश)द्वारा जानकारी प्राप्त भएको छ ।

रान केन्द्रीय कार्यालयद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा रान सुनसरी जिल्ला र रान मोरङ जिल्लाले समेत सामेल भएर सामाजिक कामसँगै धन्वोन्तरी जयन्ती मनाएको छ ।
निःशुल्क स्वास्थ शिबिरमा अनुभबी आयुर्बेद चिकित्सक डा. ईश्वर अधिकारीद्वारा बृद्धबृद्धाहरुको स्वास्थ जाँच गरिएको थियो ।
आर्थिक सहयोग हस्तान्तरण

धन्वोन्तरी जयन्तिकै दिन राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल केन्द्रिय कार्यालयले श्रीकृष्ण प्रणामी मन्दिर इटहरी सुनसरीको सञ्चालनका लागि दुई हजार एक सय रुपैयाँ सहयोग समेत गरेको छ ।
जुम छलफल कार्यक्रम
त्यसैगरि धन्वोन्तरी जयन्ती कै अबसर पारेरले केन्द्र प्रदेश र जिल्लाको जुम छलफल कार्यक्रम आयोजना गरेको थियो कार्यक्रम मा धन्वोन्तरी जयन्ती, दिपाओली र छैठ पर्बको शुभकामना आदानप्रदान गर्नुका साथै आयुर्बेद क्षेत्रको बिकासमा रानले खेल्नु पर्ने भुमिका बिषयमा छलफल भयो ।

स्वागत कार्यक्रम सम्पन्न
त्यस्तै केन्द्रीय कमिटीद्वारा रानमा संयोजक र सह संयोजक तदर्थ समिती र सदस्यहरूको रुपमा जोडिनु हुने सम्पुर्णलाई स्वागत गरिएको थियो ।
धन्यवाद ज्ञापन
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल केन्द्रद्वारा धन्वोन्तरी जयन्ती एबम आरोग्यता दिबश लाई सफल बनाउन विभिन्न कार्यक्रमहरु गरी संस्थाको नाम र आयुर्बेद क्षेत्रको बिकासमा योगदान पु¥याउनु भएकोमा रानमा आबद्ध केन्द्रीय कमिटी र प्रदेश टिम र जिल्ला टिम सबैलाई हार्दिक धन्यबाद आभार प्रकट गरिएको राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष जगत बहादुर भट्टराईले जानकारी गराउनुभयो ।
रानले आउने दिनमा समेत यस्ता विभिन्न सामाजिक गतिविधिका साथै अन्य सिर्जनशील कार्यहरु गर्ने सोच बनाएको पनि केन्द्रीय अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।