२०८३ साउन ९ शनिबार

करुवा सेती र मध्यसपुर दरौँदी खोला जलविद्युत् आयोजनालाई बन क्षेत्र प्रयोग गर्न दिइने

ई आर्थिक    बुधबार, असोज १२ २०७९
5K
Shares
करुवा सेती र मध्यसपुर दरौँदी खोला जलविद्युत् आयोजनालाई बन क्षेत्र प्रयोग गर्न दिइने

मन्त्रिपरिषद् बैठकका निर्णय

ई–आर्थिक, काठमाडौं । कास्कीको करुवा सेती जलविद्युत् आयोजना (३२ मेगावाट) र गोरखाको मध्यसपुर दरौँदी खोला जलविद्युत् आयोजना (१० मेगावाट) निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिइने भएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ती दुई जलविद्युत आयोजनालाई बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । बैठकले सरकारले नेपाल राजश्व परामर्श विकास समिति खारेज गरेको छ । राजश्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गरेको छ ।
यसैबीच, बैठकले केचन कञ्चनजंघा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij