२०८३ साउन ९ शनिबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका विक्री थाल्यो, बजारभाउ भन्दा प्रतिकिलो ५० रुपैयाँ सस्तो

ई आर्थिक    बुधबार, असोज १२ २०७९
2.7K
Shares
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका विक्री थाल्यो, बजारभाउ भन्दा प्रतिकिलो ५० रुपैयाँ सस्तो

ई–आर्थिक, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङग्रा आजदेखि विक्री थालेको छ । खाद्यले बजार भाउभन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्यमा विक्री थालेको जनाएको छ ।

खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको छ र उक्त मूल्यमा १० रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले जानकारी दिए । त्यस्तै, च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ निर्धारण गरिएको उनले बताए । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् ।

‘चाडबाडमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारको निर्णय नै हो,’ विक्री वितरण विभाग प्रमुख थापाले भने, ‘खाद्यले निर्धारण गरेको मूल्यमा थप १० रुपैयाँ छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।’

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ पर्ने संघले जनाएको छ । दसैंका लागि खाद्य कम्पनीसँगै व्यावसायिक संघ/संस्थाले पनि खसीबोका र च्याङ्ग्रा खरिद प्रक्रिया सुरु गरेका छन् ।

कम्पनीले दार्चुला, मकवानपुर लगायत स्थानबाट खसीबोका, च्याङ्ग्रा भित्र्याइरहेको छ भने व्यावसायिहरूले सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछापलगायत जिल्लाबाट खसीबोका ल्याउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij