२०८३ साउन ९ शनिबार

पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ विक्री खोल्यो

ई आर्थिक    शुक्रबार, भाद्र ३१ २०७९
7.7K
Shares
पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ विक्री खोल्यो

ई–आर्थिक, काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ शुक्रवार (आज) देखि निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी रू. ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। उक्त आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र फलेनी गा.वि.स) का वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् । उक्त आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ ।  उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ३० गतेसम्म समय थप हुनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले उक्त आईपीओमा ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्टर, एनएमबि बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij