२०८३ साउन १० आइतबार

महानगरको फन्दामा पर्दै काठमाडौं फनपार्क, महानगरले दिएको समय सकिँदै

ई आर्थिक    बिहिबार, भाद्र १६ २०७९
5.6K
Shares
महानगरको फन्दामा पर्दै काठमाडौं फनपार्क, महानगरले दिएको समय सकिँदै

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ ।

महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए ।

काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र पठाएको थियो ।

पत्रमा भनिएको छ, ‘पटकपटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’

तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ ।

पछिल्लो समय काठमाडौं महानगले काठमाडौं उपत्यकामा अनुमति बेगर बनेका संरचना हटाउने, ट्राफिक व्यवस्थापन लगायतका काममा सक्रियता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij