२०८३ साउन ९ शनिबार

प्लास्टिकको झोला प्रतिवन्ध, प्रयोग गर्नेलाई १० लाख जरिवानादेखि जेलसम्मको सजाय

ई आर्थिक    बुधबार, भाद्र १ २०७९
10K
Shares
प्लास्टिकको झोला प्रतिवन्ध, प्रयोग गर्नेलाई १० लाख जरिवानादेखि जेलसम्मको सजाय

ई–आर्थिक, काठमाडौं । सरकारले भदौ आज १ गतेदेखि प्लास्टिकका झोला पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले यसअघि नै एक सुचना जारी गर्दै ४० माइक्रोटनभन्दा पातलो प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने उल्लेख गरेको हो ।

सरकारको २०७८ माघ १७ गतेको निर्णयलाई कार्यान्वयन गर्दै २०७९ भदौ १ गतेदेखि ४० माइक्रोन मोटाइभन्दा पातला प्लास्टिक झोलाहरूको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको विभागले उल्लेख गरेको छ ।

४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको प्रयोगले वातावरणमा प्रतिशुल प्रभाव पर्ने, यस्ता झोला प्रयोग गरेपछि जथाभावी फ्याँक्ने गर्दा खोला तथा नदीहरुमा प्रदुषित भएको निकासा बन्द भएको हुँदा विभागले भदौ १ गतेदेखि यस्ता प्लास्टिकका झोला प्रयोगमा अनुगमन गर्ने उल्लेख गरेको छ । अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा विभागले वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।

जसअनुसार भदौ १ गतेदेखि प्लास्टिकको झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्नेले १० लाख रुपैयाँसम्म नगद जरिवानादेखि, ५ वर्षसम्म कालोसूचीमा राख्ने, अदालति कारवाही र जेल सजायसम्म हुने ऐनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij