२०८३ साउन ९ शनिबार

सयपत्री हाइड्रोपावरको आईपीओ : ६७ हजार ५८ सेयर पाउँदा ६ जनालाई ११ कित्ता

ई आर्थिक    मंगलबार, साउन २४ २०७९
2.6K
Shares
सयपत्री हाइड्रोपावरको आईपीओ : ६७ हजार ५८ सेयर पाउँदा ६ जनालाई ११ कित्ता

ई–आर्थिक, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । आज मंगलबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले १३ साउनदेखि आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा १४ लाख १३ हजार ५ सय ७२ आवेदकबाट १ करोड ५४ लाख ९५ हजार ७९० कित्ताको लागि आवेदन प्राप्त भएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापीटलले जनाएको छ । जसम्धये ८७३ जना आवेदकले दोहोरो आवेदन गरेको र सोबाट प्राप्त १० हजार १४० कित्ता रितपूर्वक नदेखिएको रद्ध गरिएको जनाएको छ । त्यस्तै आयोजना प्रभावित क्षेत्रका २३१ स्थानीयले २ हजार ६९० कित्ताको लागि पुन आवेदन दिदा उक्त आवेदन रद्ध गरीएको जनाएको छ ।

१४ लाख १२ हजार ४६८ जनाबाट १ करोड ५४ लाख ८२ हजार ९६० कित्ताको लागि रितपुर्व आवेदन प्राप्त भएको जनाएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार सम्पुर्ण रितपूर्वक आवेदन दिने आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न अपुग हुँदा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको जनाएको छ ।

यसरी बाँडफाँट गर्दा ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा बाँकी रहेको ६ कित्तामध्ये ६ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij