२०८३ साउन ११ सोमबार

सयपत्री हाइड्रोपावरको आईपीओ हाल्ने आज अन्तिम दिन

ई आर्थिक    शुक्रबार, असार २४ २०७९
6.3K
Shares
सयपत्री हाइड्रोपावरको आईपीओ हाल्ने आज अन्तिम दिन

ई–आर्थिक, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई रू. १०० अंकित मूल्यको ३ लाख कित्ता शेयर विक्री खुला गरेको हो ।

कम्पनीको आईपीओेमा आवेदन दिन समय छिटोमा असार १६ गते रहेकोमा सो अवधिमा माग बमोजिम आवेदन नपरेकाले आजसम्म आवेदन दिने समय अवधि थप गरेको थियो । यस आधारमा आज बैकिङ समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीय बासिन्दालाई उक्त शेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले उक्त कम्पनीको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

उक्त आईपीओको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij