ई–आर्थिक, काठमाडौं । आन्दोलनरत १५ जना नायब सुब्बा (नासु)लाई प्रहरीले पक्राउ गरेको छ । तलब फरक भएको भन्दै आन्दोलनरत नासुलाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारले असमान रूपमा सरकारी कर्मचारीको तलबमान बढाएको भन्दै आज बानेश्वरमा विरोध गरिरहेका १५ जना नासुहरूलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
आज देशभरका नासुहरू संयुक्त रूपमा बिदामा बसेर आन्दोलन गरेका हुन् । यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ ।