२०८३ साउन ९ शनिबार

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

ई आर्थिक    मंगलबार, साउन १७ २०७९
2.8K
Shares
मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

ई–आर्थिक, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओ आज मंगलवार अर्थात् साउन १७ गते बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले नारायणचौर नक्साल, काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको छ। यसको प्री–अलोटमेन्ट आइतवार सम्पन्न भइसकेको छ ।

आईपीओमा रू.१ अर्ब ८० करोड ८१ लाख १८ हजार बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणको लागि विक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६ दशलमव ५३ गुणा बढी आवेदन हो ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म रू. ११ करोड ७६ लाख ७ हजार ३०० बराबरको आईपीओ जारी गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij