२०८३ साउन ९ शनिबार

मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आजसम्म मात्रै आवेदन दिने सकिने

ई आर्थिक    बिहिबार, साउन १२ २०७९
2.7K
Shares
मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आजसम्म मात्रै आवेदन दिने सकिने

ई–आर्थिक, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारण समुहको ११ लाख ७६ हजार ७३ कित्ता मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ५०३ कित्ता सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत ८३ करोड १० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ७७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij