२०८३ साउन १० आइतबार

एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको एमालेको प्रष्टिकरण, ‘एम अधिकारी’ को हुन त ?

ई आर्थिक    बिहिबार, असार ३० २०७९
12.5K
Shares
एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको एमालेको प्रष्टिकरण, ‘एम अधिकारी’ को हुन त ?

ई–आर्थिक, काठमाडौं । विवादित एम अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको एमालेले स्पष्ट पारेको बताएको छ ।

नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको विवादित विषयले मुलुक नै ‘तातिरहेको’ वेला एमालेले स्पष्ट पारेको हो ।

आफू एमालेमा संलग्न भएको आरोप लागेपछि गर्भनर अधिकारीले एमालेलाई पत्र लेखेका थिए । अधिकारीको सोही पत्रको जवाफमा पत्र लेख्दै एमालेले एम अधिकारी गर्भनर अधिकारी नभएको स्प्रष्ट पारेको हो ।

एमाले कार्यलय सचिव भिष्म अधिकारीले गभर्नर अधिकारीलाई पत्र पठाए उक्त विभागमा उल्लेखित एम अघिकारी खोटाङ भनी उल्लेखित व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट पारेका छन् ।

यसअघि गभर्नर अघिकारीले असार २९ मा नेकपा एमाले केन्द्रीय कार्यलयलाई पत्र लेख्दै आफू कुनैपनि राजनीतिक दलमा आवद्ध नरहेको र गभर्नरजस्तो जिम्मेवर पदमा रहेको कुनैपनि व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा रहने वा बस्ने कुरा कल्पना बाहिरको विषय भएको स्पष्ट पारेका थिए ।

त्यसो भए ‘एम अधिकारी’ पात्र को हुन त ? खोटोङमा ब्यापक खोजि हुन थालेको खोटाङका स्थानीय राजकुमार राईले बताए । ‘एमालेले गभर्नर विवादमा परेपछि ‘एम अधिकारी’ लाई गौण राखेको हुनसक्छ ।’ उनले भने– ‘एमालेको केन्द्रिय सदस्य हुने हैसियतका एम अधिकारी खोज्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij